जनयुद्धले पुर्‍याएकाे याेगदानकाे कदर : उपराष्ट्रपति पुन

63

काठमाडाैं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएकाे उच्चतम योगदानको सम्मान गरेको जिकिर गर्नुभएकाे छ ।

सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्ताे बताउनुभएकाे हाे । उहाँले बिदालाई लिएर पूर्वाग्रह राख्नेहरूले जेसुकै भने पनि सङ्घीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, बाग्मती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएकाे उच्चतम योगदानको सम्मान गरेको छ । गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ । यसमा पूर्वाग्रह राख्नेहरूले चाहे जेसुकै किन नभनुन्, सङ्घीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, बाग्मती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको थियो ।

हामीले नागरिककाे जीवनमा परिवर्तनको अनुभूति गराउन नसके चुनौतीहरूको चाङ लाग्नेछ र यो परिवर्तनप्रति नै प्रश्नहरू उठ्नेछ । सबै सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ ।’ उपराष्ट्रपति पुनले संविधानलाई परिष्कृत परिमार्जन तथा संशोधन गरेर समृद्धि बनाउन र पूर्ण कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुङ्गोमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here