महाकालीमा पानीको सतह वृद्धि

23

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ। सुदूरमा नियमित वर्षासँगै भारतले धौलीगंगाको बाँध खोलिदिएपछि महाकालीमा पानीको सतह वृद्धि भइरहेको छ । मंगलबार बिहानको तुलनामा अहिले क्रमिक रुपमा वृद्धि भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बिहान ७ बजेतिर एक लाख, दुई हजार सात सय ४२ क्युसेक पानी रहेको थियो । चार घण्टापछि बिहान ११ बजेतिर एक लाख, सात हजार नौ सय ४४ क्युसेक पुगेको  छ। प्रवक्ता बोहराका अनुसार महाकाली नदीमा पानीको सतह वृद्धि हुन थालेपछि बनबासा पुलमा समेत ठुला चार पाङग्रे सवारी साधन संचालनमा रोक लगाइएको छ । तर, दुई पाङग्रे र पैदल यात्रुलाई आउन  जान दिइरहेको छ । सन १९२८ मा निर्माण भएको शारदा ब्यारेज सुरक्षाका कारण एक लाख बढी क्युसेक पानी पुगेपछि ठुला सवारी साधन संचालनमा रोक लगाउँदै आएको छ।

भारतले महाकाली नदीमा धौलीगंगाको बाँध खोलिदिएपछि पानीकोे सतह वृद्धि हुन लागेकोे जनाएको छ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले  सोमबार एक सार्वजनिक सुचना जारी गर्दै २० साउन ०८२  बिहान ६ बजेदेखि २१ साउन बिहान ६ बजेसम्म भारतको एनएचपीसी धौलीगंगा पावर स्टेनशनले  धारर्चुला पिथौरागढले सिल्ड सफाई गर्ने हुँदा महाकाली नदीको सतह वृद्धि हुने भएकाले तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन आह्वान गरेको थियो।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले धौलीगंगाको बाँध खोलिएकाले जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आह्वान गरेका छन् । ०७० सालमा पनि दार्चुलामा भारतीय पक्षले नेपाली पक्षलाई  जानकारी नदिई बाँध खोलिदिएपछि दार्चुलादेखि कञ्चनपुरसम्मै महाकाली नदी गाँउ पसेर मानवीय, भौतिक क्षति बेहोर्नु परेको थियो। भारतीय पक्षले दार्चुलास्थित धौलीगंगा मात्रै होइन,कञ्चनपुरस्थित बनबासा पुलमा समेत हिउँदमा सिंगोे महाकाली आफुतिर थुनेर  लग्ने अनि वर्षात्ले नेपालतर्फका सबै ढोका खोलिदिने भएपछि नेपालतर्फ विपद् निम्तिने गरेको स्थानीयको दुखेसो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here