नयाा वर्ष मनाउने अनौठो तरिका

402

विश्वका विभिन्न देशहरूले आ–आफ्नै तरिकाबाट नयाा वर्ष मनाउने गर्दछन् । रोमन ग्रीक इन्साइक्लोपेडियामा हर्ष र उमङ्गका साथ नयाा वर्ष मनाउने परम्परा भेटिन्छ । अहिले पनि युरोप, अमेरिका र एसियामा नयाा वर्ष मनाउने भिन्नभिन्न तरिकाहरू अपनाइने गरिन्छ ।
ब्रिटिस म्युजियम लण्डनबाट प्राप्त पुरानो अरबी सोधपत्रअनुसार आजभन्दा हजारौं वर्ष पहिले नील घााटीको सभ्यताका मानिसहरू नववर्षको पूर्वसन्ध्याको रात्रिमा सामूहिक भोजको आयोजना गरी आपसमा नाचगानको साथ नववर्षलाई स्वागत गर्दथे । त्यस्तै बेलायतका केही आदिवासीहरू पुरानो वर्षको अन्तिम दिन छिमेकमा सबै मानिस एकै ठाउामा भेला भएर आ–आफ्नो इष्टदेवता र मुख्यतया सूर्यको पूजा गरेर नयाा वर्ष मनाउने गरेको पाइन्छ । स्कटल्याण्डमा नववर्षको उत्सव मनाइरहेको बेला रातो वस्त्र लगाएको पुरूष वा नारीको प्रवेशलाई अशुभ ठान्छन् भने अग्लो र कालो केश भएका नारी वा पुरूषको आगमन भएमा शुभको प्रतीक मान्छन् । चीनमा नववर्षको एक साता अगावै आतिशबाजी गरिन्छ र यो पुरानो मान्यतासाग सम्बन्धित छ । कोरियामा नयाा वर्ष मनाउनको लागि ३ दिन सरकारी बिदा दिने चलन छ । नववर्षको दिन त्यहााका सबै पसलहरू बन्द रहन्छन् । थाइल्याण्डमा नयाा वर्षको दिन घरहरू सफा सुग्घर राख्छन् र राति दिपावली गर्छन् । जापानमा आफ्ना घर वरिपरि हरिया वृक्षहरू सजाई शुद्ध जलको प्रयोग गर्दछन् । मान्यजनहरूबाट आशिर्वाद लिने, बृद्धको पूजा–आराधना गर्ने साथै चङ्गा उडाउन शुरू गरी एकआपसमा शुभकामना आदान–प्रदान गर्छन् । इण्डोनेशियामा नयाा वर्षलाई ‘गोलुगान’ भन्दछन् । यस दिन नयाा नयाा लुगा लगाउने, मीठामीठा खानेकुरा खाने र शुभकामना आदान–प्रदान गर्छन् । त्यस्तै विश्वका अन्य देशहरूमा पनि नयाा वर्ष मनाउने आआफ्नै चलनहरू रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here