११ वर्षीय बालकको नयाा कीर्तिमान

230

मात्र ११ वर्षको उमेरका एक बालकले नयाा विश्व कीर्तिमान कायम गरेका छन् । सिन सियाओलिन नामका बालकले केवल ३० सेकेन्डमा १ सय ८ पटकसम्म आफ्नो स्किपिङ गरेर नयाा विश्व कीर्तिमान बनाएका हुन् ।
उनले दुबईमा भएको वल्र्ड इन्टर स्कुल रोप स्किपिंग च्याम्पियनसिपमा यस्तो प्रदर्शन गरेपछि निर्णायकहरू नै छक्क परे । यति छोटो समयमा मानिसले खुट्टा त के डोरी पनि हल्लाउन सक्दैन । सुरुमा त उनीहरूले कति पटकसम्म उनले डोरीलाई सागै राखेर खुट्टा हल्लाए भन्ने गणना नै गर्न सकेनन् । निर्णायकहरूले उनले कतिपटक स्किपिङ गरे भन्ने निष्कर्ष निकाल्नका लागि ८ पटकसम्म उनको भिजुयल दोहोर्‍याएर हेरेका थिए । यसपछि उनले ३ मिनेटमा ५ सय ४८ पटक स्किपिंग गर्दै अर्को विश्व कीर्तिमान बनाए । चीनको ग्वांगजाउ नजिकै रहेको सेभेन स्टार प्रारम्भिक विद्यालयमा स्किपिंग सिकेको सिनले बताएका छन् । यस विद्यालयले सन् २०१२ बाट शिक्षक तथा विद्यार्थीहरूलाई स्किपिंगको प्रशिक्षण उपलब्ध गराउादै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here