बिल गेट्सका मनपर्ने १० किताबहरु जुन तपाईका लागि पनि उपयोगी हुनसक्छन्

379

विश्वका सबैभन्दा धनी व्यक्ति तथा माइक्रोसफ्टका प्रमुख बिलगेट्सले आफूलाई मनपर्ने केही पुस्तकहरु आम मानिसलाई पनि पढ्न सल्लाह दिएका छन् । उनका अनुसार यी पुस्तकहरुमा यस्ता कैयाौ विषयहरु रहेका छन्, जुन हाम्रो जीवनमा सफल व्यक्ति बन्न सहयोग गर्छन् । जानाौ बिल गेट्सलाई मनपर्ने केही पुस्तकका बारेमा उनकै शब्दमा :

 
१. बिजनेश एडभान्चरस
लेखक : जोन ब्रुक्स
पुस्तकको विशेषता : बिजनेशमा कहिले सफलता प्राप्त हुन्छ, कहिले असफलता । यो पुस्तकमा यी दुवै मुद्दाका बारेमा गहन तरिकाले चर्चा गरिएको छ । पुस्तकका बारेमा बिल गेट्स भन्छन्, ‘यो पुस्तक ती राम्रा बिजनेश पुस्तक मध्यको एक हो जसलाई मैले आजसम्म पढेको छ । जोन ब्रुक्स आज पनि मेरा मनपर्ने बिजनेस राइटर हुन् ।’

 
२.ट्याप डान्सिङ टु वर्क
लेखक: कारोल लूमिस
विशेषता : यस पुस्तकमा वारेन बफेटका सबै लेखहरुलाई कम्पाइल गरिएको छ । यसमा पाठकले बफेटको सफलताको कथा पढ्न सक्छन् । पुस्तकका बारेमा बिल गेट्स भन्छन्, ‘मलाई लाग्छ कि जसले पनि यो पुस्तकलाई ध्यान दिएर पढ्छ, त्यसले दुईवटा कुरालाई नोटिस गर्छ । पहिलो कुरा बफेटले करियर निर्माणको समयमा कसरी आफ्नो योजना र लगानीको सिद्धान्तलाई प्रयोग गरे र दोस्रो कुरा बफेटमा बजारको महत्वपूर्ण जानकारी भएको कुरालाई उल्लेख गरिएको छ । उनीबाट सिक्न सकिन्छ बजारलाई बुझ्नका लागि कुन तरिकाको प्रयोग गर्नुपर्छ ।’

 
३.लाइफ इज वाट यु मेक इट
लेखक : पीटर बफेट
पुस्तकको विशेषता : यो पुस्तकमा एक जना कडा मिहिनेत गर्ने धनीको बच्चाको बारेमा उल्लेख गरिएको छ । बिल गेट्स भन्छन्, ‘पीटरले सफलता पाउनका लागि आफ्ना बुबाको पैसाको मद्दत लिएन बरु आफ्ना अभिभावकबाट आफ्नो भविष्य आफौ बनाउने प्रेरणा प्राप्त गरेका छन् । म आफ्ना बच्चाहरुसाग बसेर यो पुस्तक पढ्न चाहन्छु । तपाईलाई सफलता प्राप्त गर्नका लागि धनी घरमा जन्मनु पर्दैन ।’

 
४.अवेकिङ ज्वय
लेखक : जेम्स बराज
पुस्तकको विशेषता : यो पुस्तक सफलताको यात्रामा कसरी खुसी रहन सकिन्छ भन्ने बारेमा रहेको छ । पुस्तकका बारेमा बिल गेट्सको भनाइ, खुसी केही भाग्यमानी मानिसका लागि मात्र होइन, यसमा सबैको समान अधिकार छ । यस पुस्तकमा जेम्स बराज खुसीको बाटो रोज्न तपाईको मद्दत गर्नेछन् ।

 
५.व्हेयर गुड आइडियाज कम फ्रम
लेखक : स्टीभन जोनसन
पुस्तकको विशेषता : यस पुस्तकमा सफल इन्नोभेसनका लागि आधार कसरी तयार पार्ने भन्ने बारेमा उल्लेख गरिएको छ । पुस्तकका बारेमा बिल गेट्सको भनाइ, यो पुस्तक ती मानिसहरुका लागि विशेष हो जो बिजनेश या एजुकेशन फिल्डमा छन् । यसमा इन्टरनेशनल स्ट्रक्चरका बारेमा कुरा गरिएको छ जहाा इन्नोभेटिभ आइडियाहरु आउाछन् ।

 
६. मुन वकिङ विथ आइन्स्टाइन
लेखक : जोशुआ फोएर
पुस्तकको विशेषता : यो पुस्तकले तपाईलाई महत्वपूर्ण र अत्यावश्यक तथ्यहरुलाई कसरी सम्झने भन्नेबारेमा सिकाउाछ । पुस्तकका बारे बिल गेट्सको भनाइ, अन्य मानिस जस्तै म पनि दिमाग कसरी काम गर्छ र यस्ता चिजलाई कसरी सम्झने भन्ने विषयमा जानकारी प्राप्त गर्न चाहन्छु । यो पुस्तकले निकै सजिलो तरिकाले सम्झने र बुझ्ने कुरा एउटै हो भन्ने कुरा सिकाउाछ ।

 
७. लिमिटेड लर्निङ अन कलेज क्याम्पस
लेखक : रिचार्ड अरुम र जोसिपा रोक्सा
पुस्तकको विशेषता : यो पुस्तकले सफल बन्नका लागि दुईवटा कुराहरु भन्छ । पहिलो तपाई आफ्नो कलेज एजुकेशनलाई मेन्टल बक्समा राखेर रियल वल्र्डमा सिक्न तयार हुनुहोस् र दोस्रो यदि तपाई शिक्षक हो भने तपाईलाई सफल र इन्नोभेटिभ हुन आवश्यक छ । पुस्तकका बारेमा बिल गेट्सको भनाइ, ‘म इन्नोभेसनले हाम्रा कैयौा समस्या समाधान गर्न मद्दत गर्छ भन्ने कुराप्रति आशावादी छु । तर हामीलाई धेरै र महत्वपूर्ण जानकारी हुन आवश्यक छ । ’

 
८. हाउ अमेरिका फेल बिहाइन्ड इन द वल्र्ड इट इन्वेन्टेड एण्ड हाउ वी क्यान कम ब्याक
लेखक: थोमस एल फ्रेडमेन एण्ड मिशेल म्याण्डेलबउम
पुस्तकले हामीले अरुलाई पनि आफूजस्तै कसरी बनाउने भन्ने प्रेरणा दिन्छ । पुस्तकका बारेमा बिल गेट्सको भनाइ, यो एउटा निकै महत्वपूर्ण पुस्तक हो । म यो पुस्तक अरुलाई पनि पढ्न प्रोत्साहन गर्न चाहन्छु ।

 
९.देङ श्यायोपिङ
लेखक : एज्रे एफ भोगल
पुस्तकको विशेषता : पुस्तकमा देङ श्याओपिङ शक्तिमा आएपछि चीनको व्यापारलाई कसरी अघि बढाए भन्ने बारेमा रहेको छ । पुस्तकका बारेमा बिल गेट्स भन्छन्, सन् १९७८ मा चीन विश्वका गरिब देशहरुमध्ये एक थियो । भारतभन्दा पनि गरिब थियो । उनीहरुको जनसंख्या यति धेरै थियो कि सबैको पेट भर्न मुस्किल थियो । मुलुकमा कल्चरल स्टाबिलिटी र आर्थिक विकास ल्याउनका लागि श्यायोपिङले कैयाौ भयंकर परिवर्तन गरे । यो विश्वको इतिहासमा युनिक परिवर्तन थियो । यसलाई बुझ्नका लागि यो पुस्तक पढ्नु आवश्यक छ ।

 
१०.द मोस्ट पावरफुल आइडिया इन द वल्र्ड
लेखक : विलियम रेपसेन
पुस्तकको विशेषता : पुस्तकमा रेल रोडमा विश्व बदल्ने कस्तो आइडिया थियो भन्ने बारेमा उल्लेख गरिएको छ । पुस्तकका बारेमा बिल गेट्स भन्छन्, रेपसेन र मेरो हेराइमा समानता छ । आफ्नो फाउन्डेशनको काम र एड्भान्स बनाउनका लागि शक्तिको प्रयोग गर्न सकिन्छ । यदि तपाई आफ्नो लक्ष्य निर्धारण गर्नुहुन्छ र यही बाटोमा हिाडिरहादा आफ्नो प्रगतिको मापन गर्न सक्नुहुन्छ भने सफलता अवश्य प्राप्त गर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here