बाबुरामलाई किन यसरी लखेटिदैछ ?

125

–निमकान्त पाण्डे–
गत सोमबार प्रकाशित एउटा राष्ट्रियस्तरको दैनिक पत्रिकामा पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराईले चीनप्रति धेरै विश्वास नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको समाचार प्रकाशित भयो । त्यो समाचार पढेपछि मलाई आश्चर्य लाग्यो । यति नाङ्गिएर बाबुरामले किन बोल्न थाले भन्ने प्रश्न मेरो मस्तिष्कमा तरंगित भयो । पुरानो मित्र भएको हुनाले र बाबुरामप्रतिको विश्वासले हुनसक्छ उनले यस्तो बोले होलान् भनेर मलाई पत्याउनै कठिन भयो । आखिर वैचारिक रूपमा विचलन भएपछि मानिस कहाा पछारिन पुग्छ भन्ने कुराले मलाई केहीबेर स्तब्ध बनायो । बाबुराम नबिग्रिए हुन्थ्यो भन्ने भावना मेरो मनभित्रैबाट आउाछ । उनी बिग्रिसके भनेर विश्वास गरिहाल्न सक्ने अवस्थामा मैले आफूलाई अझै पनि पाउन सकिरहेको छैन । भरपर्दाे दैनिक पत्रिकामा आएको समाचारलाई नपत्याएर बस्न पनि सकिने कुरा भएन । तर धन्य ! बाबुरामको विचलन यति नाङ्गो भएको रहेनछ भनेर सबैलाई ढुक्क पार्ने गरी प्रधानमन्त्रीको कार्यालयबाट खण्डनपत्र सार्वजनिक भयो । प्रधानमन्त्री कार्यालयको खण्डनसागै बाबुरामसाग समाचारमा जोडिएका कााग्रेस नेता डा.रामशरण महतले पनि आफूबाट चीनबारे त्यस्तो धारणा नबोलेको स्पष्टीकरण सार्वजनिक गरे । परन्तु स्वयं बाबुरामले आफूबाट यस्तो धारणा प्रस्तुत नभएको भनेर खण्डन गरेका छैनन् । बाबुरामले खण्डन गर्न आवश्यक नठान्नुका पछाडि उक्त समाचारप्रति बाबुरामको आपत्ति नभएको भनेर बुझ्न सकिन्छ ।
बाबुरामले नबोलेकै भए पनि दैनिक पत्रिकामा किन त्यस्तो समाचार आफ्नो भन्नेबारे जिज्ञासा सर्वत्र पाइन्छ । आफू प्रधानमन्त्री भएका बेला भारतसाग बिप्पा सम्झौता गरेर आलोचित भएपछि बाबुरामले चीनसित पनि बिप्पा सम्झौता गर्ने प्रयास गरेको कुरा चर्चामा आएको थियो । परन्तु चीनले बिप्पा सम्झौता गर्न अस्वीकार गरेपछि बाबुरामको प्रयास असफल भएको थियो । बाबुरामलाई चीनप्रति असन्तुष्टि हुनु स्वाभाविक मान्न सकिन्छ । सुझाव राख्ने पार्टी भनेर विरोधीहरू र पश्चिमा मुलुकहरूबाट आरोपित पार्टीको नेताको हैसियतले बाबुरामलाई चीनप्रति बढी विश्वास हुनुपर्दथ्यो । त्यसको विपरीत भारतप्रति बढी विश्वासिलो भएका कारणबाट सञ्चारमाध्यमहरूले बाबुरामलाई त्यही रूपमा चित्रण गर्ने प्रयास पनि गरिरहेका छन् भन्ने कुरा बाबुरामजीले बुझ्न सक्नुपर्छ भन्ने यो पंक्तिकारलाई लाग्दछ ।
यसो भनिरहादा बाबुराम भारतप्रति नकारात्मक हुनुपर्छ र चीनप्रति लसक्कै भएर जानुपर्छ भन्ने सुझाव दिन खोजिएको हैन । नेपाल दुवै छिमेकी मुलुकका लागि सामरिक रूपले महत्वपूर्ण भएकाले नेपालले पनि दुवै देशबीचमा महत्वपूर्ण देश बनेर नेपालको शान राख्ने गरी प्रस्तुत हुनुपर्छ भन्ने कुरा बाबुराम जस्तो पढेलेखेको मान्छेले बुझ्नुपर्ने हो भन्नमात्र खोजिएको हो । नेपालको शान राख्नका लागि नेपालसाग भएको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेको नै जलसम्पदा हो । नेपालको जलसम्पदाको उपयोग गर्ने सवालमा नेपाली मन बनाएर चिन्तनशील हुने हो भने चीन वा भारत कसैसाग झुकेर सम्बन्ध बनाउादा चीन रिसाउला भनेर डराउने अनि चीनसित नेपालको समस्या समाधानका लागि अनुरोध गर्दैमा पनि भारत रिसाउला भनेर तर्सिने अवस्थाबाट मुक्ति पाउन नेपालले आवश्यक छ । यसरी दुई छिमेकी देशहरूको स्वार्थका निम्तिमात्र प्रयोग हुने मनस्थिति बिल्कुलै ठीक होइन ।
नेपालको हितका निम्ति चिन्तनशील हुने हो भने नेपालको जलसम्पदामा अन्य कुनै मुलुकको नियन्त्रण हुनबाट कसरी बच्ने भन्ने सवाल महत्वपूर्ण हुन्छ । संविधानसभाबाट निर्माण भएको संविधानमा असहमति जनाएर भारतले लगाएको नाकाबन्दीबाट नेपालले ठूलो शिक्षा पाएको छ । यस्तो अवस्थामा भारतप्रति नै नतमस्तक भएर विचार राख्नु बाबुरामजस्तो विज्ञ व्यक्तित्वलाई पटक्कै नसुहाउने मात्र होइन, यो निर्लज्जताको पराकाष्ठा नै हो । यस्तो दरिद्र चिन्तन राख्ने व्यक्तिलाई अब विज्ञको रूपमा स्वीकार गर्न पनि नेपाली जनतालाई अप्ठेरो हुनलागेको छ । माओवादी जनयुद्धका बेलादेखि नै भारतपरस्तको आरोप लागेका बाबुरामलाई संविधान निर्माणपछि उनले चालेको कदमले आम मानिसहरूमा बाबुराम भारतकै दलाल हुन् भन्ने छाप परिसकेको छ । त्यसलाई चिर्नका लागि प्रयास गर्नुको सट्टा बाबुरामको भारतप्रतिको भक्तिभाव बढ्दै जानुले उनका बारेमा अनुमानकै आधारमा चीनप्रति धेरै विश्वास नगर्न प्रधानमन्त्रीलाई बाबुरामले सुझाव दिए भनेर समाचार प्रस्तुत हुने र आममानिसले त्यसलाई विश्वास गर्ने अवस्था सिर्जना हुनुले बाबुरामको राजनीतिक धरातल कति दयनीय बन्दै गइरहेको छ भन्ने पनि छर्लङ्ग भएको छ । आग्ये बाबुरामजीलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here