दिल्लीको छायामा ओलीको चीन भ्रमण

144

हुकुमबहादुर सिंह

 

नेपालका प्रधानमन्त्री प्राय:जसो प्रधानमन्त्री भएपछि उनीहरूको पहिलो भ्रमण दिल्ली हुने गर्दछ र त्यसपछि चीनको । यो परम्परालाई ओलीले पनि कायम गरिरहेका छन् । तर नेपाली मानसिकता सधैंभरि दिल्ली दरबारसित जोडिन जान्छ । आजसम्मको इतिहासमा नेपालका सरकार प्रमुख जब–जब दिल्ली जान थाल्दछन्, आम नेपालीको एउटै चिन्ता हुन्छ, कतै यो भ्रमणका दौरानमा भारतले नेपालमाथि कुनै नयाा असमान सन्धि गर्न सफल हुने त होइन ? जब त्यही मानिसले चीनको भ्रमण गर्न थाल्दछ, नेपाली मानसिकता चीनसित जतिसक्दो धेरै सन्धिसम्झौताहरू गरेर फर्के हुन्थ्यो भन्ने हुन्छ । तर आजसम्मका अनुभवहरू नेपाली मानसिकताको ठीक उल्टा देखिएका छन् । ओलीबारे पनि सत्य हो । यद्यपि ओलीले अलिकति फरकपन देखाउन सफल भए र भारतको भ्रमणका दौरान उनी भारतले नेपालमाथि कुनै नयाा असमान सन्धि गराउने कुरामा सचेत रहे । नेपाली जनताको चाहनाविपरीत भारतसित अनेकौा पटक अनेकौाखालका असमान सन्धिसम्झौताहरू भएका छन् भने चीनसित चीनले नेपाली जनताका पक्षमा कामहरू गरौा भन्दाभन्दै पनि त्यसलाई पन्छाउने काम भएका छन् । दिल्ली सधैंभरि नेपालमाथि उसको एकाधिकार रहिरहोस् भन्ने चाहन्छ र नेपालका राजनीतिक दलका नेताहरूमा पनि दिल्लीको आशीर्वादमा काम गर्ने प्रवृत्ति र चिन्तन बलियो छ ।
नेपाली जनताको चाहनाअनुसार भारतको राजकीय भ्रमणबाट नेपालको हितमा खासै उपलब्धिमूलक काम गर्न असफल भएता पनि भारतको हित हुने कुनै निर्णय वा सम्झौतामा हस्ताक्षर नगरी फर्केका ओली अहिले चीनको भ्रमणबाट भारतको त्यो इच्छा पूरा गर्ने त होइनन् भन्ने शंका र प्रश्न छ । दिल्लीको चाहना छ, ओलीको यो भ्रमणमा चीनसित खासै कुनै नयाा र नेपाल–चीन सम्बन्धमा कुनै दूरगामी असर पार्नेखालका सम्झौता नहोऊन् । यदि ओलीको यो भ्रमण दिल्लीले चाहेजस्तै भएमा उनीमाथि भारतपरस्त भएको आरोप लाग्नसक्ने बलियो सम्भावना छ । दिल्लीले एक हदसम्म त्यसमा सफलता पाएको छ, किनभने चीनसित इन्धनलगायत अत्यावश्यक परेको ग्यास र तेलबारे उनी यो भ्रमणमा चुासम्म पनि बोल्न सकेको देखिएन । नेपाल–चीन सम्बन्धमा दिल्लीको छाया स्पष्ट रूपले यसका लागि प्रभावित बन्न सफल भयो भन्दा अत्युक्ति नहोला । भारतको भ्रमणबाट नेपाली जनतालाई केही आश्वस्त पार्न सफल भएका उनी पानीको फोकाजस्तै अहिले दिल्लीका अगाडि उनको राष्ट्रियता उडेर गएको छ ।
नेपालको विद्यमान विदेशनीतिको आलोचना गर्दै भन्ने गरिन्छ– नेपालको विदेश नीति लम्पसारवादी विदेशनीति हो । भारत, चीन, अमेरिका, बेलायत आदि सबैसित लम्पसार पर्दै जाने नै यसको विदेशनीति हो भनिन्छ र हुन पनि आजसम्मको इतिहास हेर्दा त्यसमा सत्यता देखिन्छ । ओलीको यो भ्रमण पनि त्यसबाट माथि उठ्न सकेको छैन किनभने पोखरामा उनले भारतीय विदेशमन्त्रीसित गोप्य भेटघाट गरे । त्यसपछि उनी चीनसित नेपाली जनताको जे चाहना थियो– इन्धनलगायत अन्य अत्यावश्यक सामग्रीको सहज आपूर्ति त्यो भएन ।
भनिन्छ, कुनै पनि देशको विदेशनीति त्यो देशका सरकार वा प्रतिपक्षमा रहेका दलहरूको आमनीति हो । जसका लागि पहिलो शर्त त्यो देशको राजनीतिक स्थायित्व हो । नेपालका प्रमुख राजनीतिक दलमा नेपालको राजनीतिक र विकासलाई नेपालको परिप्रेक्ष्यमा हेर्ने गरिादैन । यसलाई कि त भारतको परिप्रेक्ष्यमा हेर्ने गरिन्छ । परिणाम भारतको विदेशनीति नै नेपालको विदेशनीति बन्न जाने गर्दछ । अहिले ओलीको चीन भ्रमणमा के गर्ने के नगर्ने भन्ने कुरा यदि भारतको चाहनाअनुसार हुने हो भने यसबाट के स्पष्ट हुन्छ भने उनी पनि लम्पसारवादका एक जना प्रतिनिधि पात्र ठहर्नेछन् । जो सही मानेमा हुने अवस्था देखिादै छ । के ओली यसबाट बच्न सक्लान् ? उनका अगाडि गम्भीर प्रश्न खडा छ । तर अहिले नै त्यो प्रश्नको आधा उत्तर उनीबाट आइसकेको छ, जो दिल्लीको आशीर्वादले प्रभावित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here