भेटियो मान्छे जत्रै मुसो

338

लण्डनमा झण्डै मान्छैको आकार जत्रो ठूलो मुसा फेला परेको छ । बेलायतमा हालै यत्रो भीमकाय मुसा भेटिएको हो । लण्डननिवासी जेम्स ग्रिनले हालै ४ फिट लामो मुसा फेला पारेका छन् । मुसा मार्नका लागि राखिएको विष खाएर मरेको अवस्थामा उक्त भीमकाय मुसा फेला परेको हो ।
मुसा मार्ने औषधि खाएर मरिरहेको अवस्थामा उक्त मुसा फेला परेको हो । बडेमाको जिउ भएको उक्त मुसासाग एकपटक फोटो खिच्ने मन जाग्यो जेम्सलाई । उनले आफ्ना साथी टोनी स्मिथलाई उक्त मुसासागको आफ्नो फोटो खिचिदिन भने । यति ठूलो मुसा भेटिनु कुनै चानचुने कुरा थिएन र आफुहरूले यत्रो मुसा फेला पारेको प्रमाण पनि उनीहरूले राख्नु थियो र सोही बमोजिम गरे ।
मुसा विज्ञहरूले उक्त मुसा ग्याम्बियन पाउच्ड प्रजातिको भएको जनाएका छन् । यो निकै बुद्धिमान् मुसा हो । तर यो मुसाको दृष्टि क्षमता भने कमजोर हुन्छ । यसको सुाघ्ने क्षमता भने बढी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here