सयवटा बच्चाको बाबु बन्ने इच्छा !

139

यो संसारमा मानिसहरूको इच्छा पनि अनौठो–अनौठो हुन्छ । पाकिस्तानका एक व्यक्तिको लक्ष्य सयवटा बच्चाको पिता बन्ने रहेको सार्वजनिक भएको छ । त्यसकारण उनी अहिले चौंथो श्रीमतीको खोजीमा छन् । उनको यसअघिका तीन श्रीमतीबाट ३५ सन्तान जन्मिसकेका छन् । भारतीय एक पत्रिकाका अनुसार ४६ वर्षीया सरदार मोहम्मद खिलज धेरै सन्तानको पिता बन्नुलाई धार्मिक कर्तव्य ठान्दछन् । त्यसैले उनी धेरैभन्दा धेरै सन्तानको पिता बन्न चाहन्छन् । पेसाले मेडिकल टेक्निसियन खिलजी आफूलाई जन्मिसकेका सबे ३५ जना बच्चाको नाम याद रहेको दाबी पनि गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here