हाम्रो स्वतन्त्रता खोज्ने कहिले ?

184

छिमेकी मुलुक भारतले हालैमात्र आफ्नो ७०आौ स्वतन्त्रता दिवस मनाएको छ । नजिकको छिमेकी मुलुक हुनुको नाताले भारतमा जस्तै नेपालमा पनि भारतीय स्वतन्त्रता दिवसको प्रभाव राम्रैसाग महसुस भएको छ । नेपालका शासकहरूमा होस् वा सञ्चार माध्यमहरूमा होस्, भारतीय स्वतन्त्रता दिवसको रौनकता राम्रैसाग देख्न र अनुभव गर्न पाइयो । विडम्बना नै भन्नुपर्छ नेपालका कुनै राष्ट्रिय दिवसहरूमा नेपाली शासक र सञ्चारमाध्ययममा यति धेरै रौनकता भएको पाईदैन । सायद भारतीय दूतावासले स्वतन्त्रता दिवसको अवसरमा नेपाली शासक र मिडियामा गर्ने लगानीका अगाडि नेपालको राष्ट्रियता र स्वतन्त्रताको विषय छायाामा पर्छ क्यारे ।
अब कुरा गरौं नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको । नेपाल कहिल्यै कसैको गुलाम भएन, त्यसकारण स्वतन्त्रता दिवस मनाउनुपर्ने कुनै कारण देखिदैन । तर यो पनि सत्य हो कि नेपालको स्वतन्त्रता कतैबाट असुरक्षित छ भने त्यो छिमेकी मुलुक भारतबाटै छ । यस मानेमा छिमेकी मुलुक भारतको स्वतन्त्रता दिवसमा रमाउने नेपाली शासकहरूले त्यही छिमेकी मुलुकका कारण नेपालले जुन किसिमको कष्ट भोग्दै आइरहेको छ, त्यसप्रति सजग हुनुपर्ने हो तर नेपाली शासकहरूमा त्यस्तो सोच कहिल्यै पलाएको पाईदैन । सत्ता प्राप्तिका लागि छिमेकी मुलुकका शासकसामु आत्मसमर्पण गर्ने प्रवृत्ति नेपालका लागि नौलो होइन । जुन नयाा नेपालको खाका कोर्ने भनिएको नयाा संविधान निर्माणपछि हालै निर्माण भएको सरकारमा पनि यसको प्रभाव भएको अनुमान गरिन्छ । नेपालका शासकहरूमा रहेको सत्ता लालसाका कारण जबरजस्ती छिमेकी मुलुकलाई भित्र्याउने प्रयास विगतमा पनि भइरहे र वर्तमानमा पनि निरन्तरता पाउने क्रम जारी नै देखिन्छ । जबकी स्वतन्त्रता भारतका लागि जति प्यारो छ त्यत्तिकै प्यारो नेपाली नागरिकहरूलाई पनि छ, भलै शासकहरू आत्मसमर्पणवादी नै किन नहोऊन् ।
जनतामाझ राष्ट्रियताको भावना कति बुलन्द हुन्छ भन्ने कुरा शासकवर्गले सप्तरीको तिलाठीका जनताबाट पनि सिक्न आवश्यक छ । जसले आफ्नो भूमिमा डुवान गराउन खोज्ने छिमेकी मुलुकको रवैयाप्रति कसरी प्रतिवाद गर्न तयार भए । सुस्ता र पशुपतिनगरका नागरिकबाट बुझ्न आवश्यक छ, जसले आफ्नो भूमिको लागि प्राण गुमाउन तयार छन् । तर शासक वर्ग भने जनताको त्यो त्यागलाई सामान्य मान्दै छिमेकी मुलुकबाट हुने हस्तक्षेपलाई स्वाभाविक रूपमा लिने गरेका छन् र उल्टै जनतालाई दोष लगाउने गरेका छन् ।
छिमेकी मुलुक भारतले पटक–पटक नेपाली भूमि अतिक्रमण गर्दै आइरहेको छ । नेपालका महत्वपूर्ण जलसम्पदाहरूमा उसको बक्रदृष्टि निरन्तर रहादै आएको छ । तर त्यस्तो प्रवृत्तिलाई नेपालका शासकवर्गले कहिल्यै गम्भीर रूपले लिने वा त्यसको प्रतिवाद वा विरोध गरेको पाईदैन । बरु लाचार बन्दै सत्तामा पुग्न, टिकिरहन र व्यक्तिगत स्वार्थका लागि राष्ट्रियतालाई दाउ लगाउने गरेका छन् । जसले गर्दा नेपालको स्वतन्त्रता झनभन्दा झन धरापमा पर्दै गइरहेको छ । नेपालको सार्वभौमसत्ता तथा स्वतन्त्रताको रक्षाका लागि छिमेकी मुलुकको भूमिकासागै नेपालका शासकवर्गहरूलाई समेत सचेत गराउन आवश्यक छ । चाहिनेभन्दा बढी छिमेकी मुलुकको सक्रियता तथा त्यसलाई सघाउने नेपाली शासकहरूको गलत प्रवृत्तिका कारण मुलुक झन्पछि झन् कमजोर बन्दै गइरहेको छ । मुलुकको अवस्था कमजोर र गम्भीर बन्दै गइरहादासमेत सत्ता सञ्चालनमा पुग्ने शासकहरूले भने त्यसलाई रोक्नका लागि पहल गर्नुको सट्टा मुलुक कमजोर बनाउने हतियार बन्दै गइरहेका छन् । जसलाई समयमै निस्तेज पार्न नसकेको अवस्थामा मुलुकको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढदै गइरहेको छ । त्यसैले सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरूले शासकहरूलाई खबरदारी गर्दै मुलुकको अस्तित्व मेटिनबाट जोगाउन उनीहरूलाई सजग गराउन आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here