सिड्नी पुगे आर्यन

269

चलचित्र जगतका निकै व्यस्त अभिनेता आर्यन सिग्देल अहिले अष्ट्रेलियाको सिड्नी पुगेका छन् । शुक्रबार सााझ ८ बजे सिड्नी ओर्लिएका सिग्देललाई स्वागत गर्न सिड्नीको किंग्स फोर्डस्मित अन्तर्राष्ट्रिय एअरपोर्टमा सिड्नीमा रहेका चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । उनी पहिलोपटक त्यहाा पुगेका हुन् । आर्यनले कलाकर्मीको स्वागत पाएकामा खुशी व्यक्त गरेका छन् ।
आर्यन अगष्ट २७ का दिन सिड्नीको टाउन हलस्थित ईभेन्ट सिनेमामा बिशेष शो हुन लागेको चलचित्र ‘क्लासिक’ लिएर सिड्नी पुगेका हुन । दिनेश राउतको निर्देशन रहेको यो चलचित्र आर्यनले सुबास गिरीसाग मिलेर बनाएका हुन् ।
यतिबेला नेपाली चलचित्रको बजारमा राम्रो छाप बनाएका नायक आर्यनलाई अष्ट्रेलियावासी नेपालीहरूकै मागका कारण उनी र उनको चलचित्रलाई अष्ट्रेलिया ल्याईएको ईपि माईग्रेसनका खिलेन्द्र तिम्सिनाले जानकारी दिए । चलचित्रको व्यवस्थापन गरेको अल्प ईन्टरटेनमेन्टका मनोज अधिकारीले चलेका नायकलाई आफ्नै आाखा अगाडि हेर्ने अष्ट्रेलियावासी नेपालीहरूको ईच्छा पूरा भएकामा खुशी व्यक्त गरे ।
आर्यनले चलचित्र क्लासिकले अष्ट्रेलियाबासी नेपालीहरूको मन जित्ने दावी गरेका छन् भने काठमाडांै अष्ट्रेलिया सोसाईटीका प्रजापति शिवाकोटी र रोशन भट्टराईले चलचित्र क्लासिकको अन्य शहरहरूमा पनि माग बढेको जानकारी दिएका छन् । उनीहरूले अष्ट्रेलियाबासी नेपाली दर्शकहरूको माग अनुरूप चलचित्रको शो थप्दै जाने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here