काठमाडौं/ नेपाली चलचित्रमा नायिकाको खडेरी नै लागेको छ । नायिकाको संख्या दर्जनौा भए पनि चलचित्र बनाउनेले हरेक पटक नयाा नायिका नै खोजिरहेका छन् । नयाा नायिका नपाएर कैयौं चलचित्रका छायांकन प्रभावित भएका छन् । एउटा चलचित्र खेलेर दर्जन बढी नायिका कामविहीन भएका छन् ।
यसैक्रममा, चलचित्र ‘हिटलर’को छायांकन पनि नायिका अभावकै कारण प्रभावित भएको छ । निर्देशक सौरभ ढकालले नायिकाको खोजी भइरहेकाले तत्काल छायांकनमा जान नसकिएको बताए । नायकको रूपमा भने सोहित मानन्धर पक्का भइसकेका छन् ।
निर्देशक ढकालले १९ देखि २४ वर्षभित्रकी आर्यन लुक्सकी नायिकाको खोजी भइरहेको बताए । उनले भने, ‘हामीलाई क्यारेक्टरअनुसार चरित्र निर्वाह गर्ने नायिका चाहिएको हो । केहीको अडिसन समेत लिए पनि सुहाउादो अनुहार फेला पारेका छैनौा ।’
अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले अष्टनारायण पिक्चर्ससाग सहकार्य गर्दै यो चलचित्र बनाउन लागेको हो । रोमान्टिक कमेडी कथामा यो चलचित्र बन्नेछ ।


















