यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका

138

काठमाडौं/ सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन लागेको हो ।

भारतमा रहादा प्रधानमन्त्री प्रचण्डले भारत सरकारको विशिष्ट अतिथिका रूपमा भारतीय राष्ट्रपति भवनमा बस्ने विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको भ्रमण दलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत, व्यवस्थापिका–संसद्का सांसद, विभिन्न मन्त्रालयका सचिवहरू, उच्च सरकारी अधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

आज भारत पुगेलगत्तै प्रधानमन्त्री प्रचण्ड नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ भने राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि आजै तय भएको छ ।
भोलि ३१ भदौमा राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ भने महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने पनि भोलिकै कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड भोलि नै भारतीय राष्ट्रपति प्रणव मुखर्जीसाग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसागको भेटवार्तालगत्तै प्रमले भारतीय समकक्षी नरेन्द्र मोदी भारत सरकारका वरिष्ठ मन्त्री एवं पदाधिकारीहरूसाग भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डले हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झााक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससाग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले नयाा दिल्लीमा बसोबास गर्दै आएको नेपाली समुदायका उद्योगी तथा व्यवसायीसाग अन्तक्र्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड असोज २ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here