प्रदेश २ अध्यक्षबाट प्रभु साहले दिए राजीनामा

124

काठमाडौं– सत्तारुढ नेकपा नेता प्रभु साहले प्रदेश–२ अध्यक्षबाट राजीनामा दिएका छन्। साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनामा बुझाएका हुन्।

स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्टि बनेका थिए। प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन थिए। प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको बुझाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here