काठमाडौ/ देशभित्रका विभिन्न निकायहरुबाट राष्ट्रको अहितमा कुनै सन्धिसम्झौता नगर्नुहोला भन्ने अनुरोध गरिएका सुझावहरुको चाङ बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाादै हुनुहुन्छ । प्रधानमन्त्री भएपछि आफ्नो पहिलो विदेश भ्रमणअन्तर्गत आजै भारत भ्रमण गर्न लाग्नु भएका प्रधानमन्त्री प्रचण्डलाई भारतले विशेष आतिथ्य सहित भ्रमणलाई उच्च प्राथमिकतामा राखेको पाइएको छ । भ्रमणमार्फत विगतमा दुई मुलुकबीच उत्पन्न तिक्तता हटाउादै नयाा ढंगले सम्बन्ध विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई भारतले निकै महत्व दिइरहेको छ । प्रचण्डको कार्यकालमा दुईपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन सकिने अपेक्षा गरिरहेको भारतले पछिल्लो समय नेपालसागको सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्दै आएको छ । यसका लागि प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई उसले विशेष बनाउनका लागि भरपुर प्रयास गरिरहेको छ ।
यसअघि नेपालबाट हुने उच्चस्तरीय भ्रमणलाई सामान्य रूपमा लिादै आएको भारतले यसपटक प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई विशेष बनाउन भ्रमणको तीव्र तयारी गरिरहेको छ । साथै प्रधानमन्त्रीको भ्रमण हुनुभन्दा हप्ताौ अगाडिदेखि भारतीय सञ्चारमाध्यमहरू (भारत सरकारसाग निकट रहेका सञ्चारमाध्यमसमेत)ले भ्रमणका विषयमा प्रचारप्रसार गर्नु तथा नेपालका प्रधानमन्त्रीका विचार तथा अन्तर्वार्ताहरूलाई महत्व दिनुले यसपटक भारतले नेपाललाई बढी नै महत्व दिन खोजेको पुष्टि हुने विश्लेषकहरूको भनाइ छ । सामान्यतया नेपाललाई प्राथमिकतामा नराख्ने तर आन्तरिक मामिलामा चासो देखाउने भारतले यसपटक नेपालका सरकारप्रमुखको भ्रमणलाई उच्च प्राथमिकतामा राख्नुलाई विगतमा उसकै कारण बिग्रिएको नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउने प्रयासका रूपमा पनि विश्लेषकहरूले अथ्र्याउने गरेका छन् । आन्तरिक चासोका कारण नेपाल सशंकित भएको अनुमान गरेको भारतले दुईपक्षीय हितमा आधारित सम्बन्धबाट मात्र दुई मुलुकको हित हुने ठानेर पनि नेपालसागको सम्बन्धलाई सुमधुर बनाउन चाहेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई अवसरको रूपमा लिएको पनि विश्लेषण भइरहेको छ । प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई भारतले उच्च प्राथमिकतामा राखेको र भ्रमणलाई राजकीय बनाउन खोजेको कुरा उसले एकै वर्षमा नेपालका प्रधानमन्त्रीको रूपमा केपी ओली पछि प्रचण्डको भ्रमणलाई राजकीय बनाउन खोजेकोबाट पनि पुष्टि हुन्छ । भारतले प्रधानमन्त्रीको प्रचण्ड तथा उहााकी धर्मपत्नी सीता दाहाललाई भ्रमणका क्रममा राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाएको छ । भारतले विशेष महत्व दिएका पाहुनाहरूलाई मात्र राष्ट्रपति भवनमा बस्ने अवसर प्रदान गर्छ । यसअघि नेपालबाट प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्ने प्रधानमन्त्रीहरू सबैले यो अवसर प्राप्त गरेका छैनन् । स्मरणीय छ, केपी ओलीलाई भने यस्तो अवसर मिलेको थियो ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणबाट भारतले नेपालसागको सम्बन्ध सुधारलाई त प्राथमिकतामा राखेकै छ त्यससागै दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई पनि उच्च प्राथमिकतामा राखेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेपालका व्यवसायीहरूसागको भेटमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको आर्थिक तथा व्यापारसम्बन्धी एजेन्डालाई छलफलको विषय बनाउने जनाउनु भएको र त्यसलाई भारतले समेत महत्व दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वार्थका विषय तथा विगतमा भारतसाग भएका विभिन्न महत्वपूर्ण सम्झौताहरूका विषयलाई पनि छलफलको विषय बनाउने प्रतिबद्धता जनाउादै आउनुभएको छ । उहााले भ्रमणका क्रममा भारतसाग बिग्रिएको सम्बन्धलाई सुधार गर्दै दुई मुलुकबीच रहेका शंका उपशंकालाई अन्त्य गर्दै सम्बन्धलाई थप बलियोबनाउने जनाउनु भएको छ । चारदिने भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्ड भारत बसाईका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जीलगायतका उच्च अधिकारी तथा राजनीतिक व्यक्तित्वहरूसाग पनि भेट गर्ने कार्यक्रम रहेको छ । चारदिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड असोज २ गते नेपाल फर्किने कार्यतालिका रहेको छ ।

















