इटालीको सरकारले आफ्नो देशका नागरिकहरू बालिग भएसागै वा १८ वर्ष पूरा गरेसागै उनीहरूलाई ५ सय युरो अर्थात् झण्डै ६० हजार रूपैयाा रकम पुरस्कारस्वरूप दिने घोषणा गरेको छ । सरकारले दिने यो रकमलाई युवाहरूले आफूले चाहेको काममा खर्च गर्न पाउनेछन् । यो पुरस्कार स्किमलाई इटाली सरकारले संस्कृति बोनसको नाम दिएको छ । १५ सेप्टेम्बरबाट यसको थालनी हुनेछ । सरकारको यो निर्णयबाट ५ लाख ७५ हजार युवा लाभान्वित हुनेछन् तत्कालै । यद्यपि यसले सरकारको खर्चमा भने बढोत्तरी गर्नेछ ।













