एमालेलाई अमान्य हुने संशोधनको काम किन गर्‍यो गठनबन्धन सरकारले

199
  •  बालकृष्ण खााड,रक्षामन्त्री

आयोगले दिएको प्रतिवेदनका अनुसार हामीले यो कदम चालेका हौं

प्रधानमन्त्रीको राजीनामा एमाले पार्टीले रोकिदियो तपाईंहरु के गर्नुहुन्छ ?
प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्मा आफ्ना कुरा राख्छु, जनतालाई जानकारी गराउाछु भन्दा एमालले त्यसलाई रोक्नु भनेको कुन संसदीय मान्यताको अभ्यास गरेको रहेछ भन्ने त भयो नि । संसद्मा जुन अवरोध गर्नुभएको छ यो कसैको हितमा छैन ।

एमालेले कुनै पनि हालतमा संसद् नखोल्ने भनिसक्यो, स्थानीय तहको संख्या थप्ने प्रस्ताव फिर्ता हुनुपर्छ भनिरहेको छ नि ?
सदन खोल्नुभएन भने, कसैलाई बोल्न दिनुभएन भने आजसम्म पनि एमाले लोकतान्त्रिक भइसकेको छैन भन्ने स्पष्ट छ । आफ्नै तवरबाट चल्ने अलोकतान्त्रिक कुरा हो । गैर संसदीय व्यवहार देखाउनु हुादैन ।

एमाले अध्यक्ष केपी ओलीले चुनावको मुखमा किन सरकार परिवर्तन गर्ने भनेर भन्नुभएको छ नि ?
संसद्मा बोल्नै नदिने । यस्तो पनि हुन्छ भन्या ।

टीकापुर घटनाको मुद्दा फिर्ता गर्ने र संख्या थप्ने निर्णय फिर्ता लिनुपर्छ भनेको छ नि एमालेले ?
संसद्मा सरकारले गरेका कामहरू जानकारी गराउनै नदिने अनि यसो भएन, उसो भएन भन्दा हुन्छ ? मधेशवादी दललाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्ने र केही त्यस्ता घटनाहरू फिर्ता गर्नेसागै संख्या थप्ने कुरालाई संसद्बाट जानकारी गर्न खोज्दा गर्न नदिने कहाासम्मको राजनीतिक चरित्र हो ।

एमाले पार्टीलाई कुनै थाहा नै नदिएर स्थानीय तहको संख्या थप्ने निर्णय किन गर्नुभयो ?
आयोगले दिएको प्रतिवेदनका अनुसार हामीले यो कदम चालेका हौं नि ।

सरकारले गम्भीर भुल गर्‍यो भनिरहेको छ नि एमालले त ?
होइन । सडक बन्द गरिरहेको मोर्चालाई आजको स्थितिमा ल्याउनको लागि जुन प्रयास भए ती सबै राम्रा छन् । हिमाल, पहाड विखण्डनका आवाज आएको बेला सबै एक ठाउामा ल्याउादा किन नियम विपरीत हुन्छ ?

कानुन नियमभन्दा पर पुगेर यस्तो हचुवा तालमा निर्णय गर्न मिल्छ ?
संविधानको मूल स्पिड भनेको मुलुकमा शान्ति, अमनचैन निर्माण गर्नु हो । हामीले त्यसैलाई आधार मानेर यो काम गर्न खोजेका छौं । जनताले आफ्नोपनको महसुस गर्नपर्छ ।

चुनावकै बीचमा थप्ने निर्णय जायज भएन नि ?
सबैसाग यसका बारेका कुरा भएका छन् । सरकारले मदेशवादी दलका माग सम्बोधन गर्नको लागि सरकारले चालेका कदममा हाम्रो सहमति छ । हाम्रो काम भनेको विरोध गर्छौं । भनेर भन्ने पनि एमाले नै हो ।

२२ वटा संख्यामा एमालेलेको सिट कम आउने र कमजोर परिणाम हात लगाउने उद्देश्यले यस्तो गर्दै हुनुहुन्छ भनेर आरोप लगाएको छ नि एमालले ?
होइन । कस्तो घाटा र फाइदाको कुरा हुन्छ ? देशमा शान्ति हुन्छ । सबैले स्वतन्त्रपूर्वक बााच्न पाउाछन् भने किन एमाले बाधक बन्ने ? स्थानीय तहका निर्धारण गर्दा तराईमा नपुगेरै गरिएको विषयलाई लिएर मोर्चा असन्तुष्ट बनेको छ । सबैको भावनालाई समेटेर सीमा र संख्या निर्धारण गर्न सकिएको थिएन । त्यसैले पनि तराईमा रहेका पुराना सहरहरू महानगरपालिका बन्न सकेनन् । अहिले बनाउन खोजिएको हो नि ।

त्यसो भए यो प्रस्ताव फिर्ता हुादैन ?
हुादैन । यसको आधारमा निर्वाचन हुन्छ ।

एमालेले संसद् अवरोध गरिरह्यो भने ?
यो एमालेको बहाना मात्रै हो । एमालेका नेताहरूले यस्तो गैरजिम्मेवार काम गर्नुहुादैन ।

एमाले त सरकार परिर्वतन भएको देख्न चाहन्न नि ?
एकदमै सही कुरामा आउनु भयो । एमाले आजको दिनमा कााग्रेस र माओवादीलाई एकआपसमा झगडिएको देख्न चाहन्छ । यो गठबन्धन तोड्न चाहनुहुन्छ । १२ बुादे सहमतिदेखि आजसम्म माओवादी र कााग्रेसको बीचमा भएका सहमतिले मुलुकमा शान्ति आएको छ । केपी शर्मा ओलीले रोक्नु सक्नु हुन्न । १२ बुादे सहमतिमा पनि उहााको फरक मत थियो । लोकतन्त्रको लागि रातारात कसरी फाल्न सकिन्छ भन्ने पनि उहाा नै हो । आजका गतिविधि एमालेले देशका लागि गरिरहेको छैन । खालि सरकार परिवर्तन मात्रै हुादैन । माओवादी र कााग्रेस मिलेर देश विकास गर्ने हो । कााग्रेस र माओवादीबीचको सहमति कार्यान्वयन बााकी रहन्छ । विगतका सहमति तोड्न चाहन्छु भनेर भन्नु भएपछि राजनीतिक इमानदारी देखाउन नदिनका लागि एमालेले रोक्यो नि ।

सिधै राष्ट्रपतिकहाा गएर राजीनामा दिन मिल्दैन ?
आवश्यक परेको खण्डमा त्यो पनि गर्न सकिएला नि ।

कााग्रेस र माओवादीबीचको गठबन्धन तोड्नको लागि प्रयत्नरत रहेको एमालेसामु तपाईंहरू टिक्नु होला ?
१२ बुादे सहमतिदेखि आजसम्म माओवादी र कााग्रेस सागै छन् । यो टिक्छ टिक्नुपर्छ । शान्ति, उन्नति प्रगति रोजगार जस्ता कुराहरू व्यवस्था गर्नका लागि यो गठबन्धन आवश्यक छ । देशलाई समृद्ध बनाउने हो ।

तीनवटै निकायको निर्वाचन नभएको खण्डमा के हुन्छ ?
मैले भनेको थिएा कि जसरी नि निर्वाचन हुन्छ । भयो । आगामी निर्वाचन पनि हुन्छन् ।

पहिलो चरणको निर्वाचन त सेनाको घेरामा राखेर सम्पन्न गर्नुभयो नि ?
मत कति प्रतिशत खस्यो ? सबै जनता निर्धक्क भएर निर्वाचनमा भाग लिनको लागि यस्तो गरिएको हो । अब मोर्चाका मागहरू सम्बोधन गरेर निर्वाचनमा जाने हो भने मतको प्रतिशत बढ्छ । राम्रो काम गर्दा पनि एमाले किन टाउको दुखाउाछ ? हामी सबै मिलेर काम गरौं । अर्काका कुरा काटेर देश बन्दैन ।
–प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here