गाईको आयु बढाउन पेटमा प्वाल

275

अमेरिकामा खेती गर्नका लागि एउटा अचम्मको उपाय लगाइएको छ । त्यस्तै, अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको प्रविधि अपनाउन थालेका छन् । यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो रहेको छ । हेर्दा एकदम अनौठो देखिए पनि यसको वास्तविक कारण भने गाईको आयु बढाउनका लागि हो । वैज्ञानिकहरुका लागि गाईको भित्री भागको जााच गर्न गाह्रो हुने भएकाले यो तरिका अपनाउादा त्यसरी जााच गर्न निकै सहज हुने गरेको छ ।
गाईको पेटमा यसरी प्वाल पारिसकेपछि एउटा प्लास्टिकको रिङले यसलाई बन्द गरिन्छ । यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरुले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रुपमै प्राप्त गर्न सक्छन् । यसले मुख्यगरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के–कस्ता ब्याक्टेरियाहरु छन् भनेर पनि पत्ता लगाउन सकिन्छ । गाईको शरीरमा यस्ता प्वाल जुन भागमा बनाइएको हुन्छ, त्यसलाई रुमेन भनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here