एक चिनियाँ नागरिकको लिंग नट खोल्न प्रयोग गरिने ‘रेन्च’मा अड्किँदा चिकित्सकहरुले १७ घन्टासम्म निरन्तर प्रयास गर्दा पनि निकाल्न सकेनन् ।
फलामको काम गर्ने ती व्यक्तिको लिंग रेन्चमा अड्किएपछि जुन २ तारिखको राति साढे ९ बजे स्थानीय टाएझौ अस्पताल पु¥याइएको थियो । तर, त्यहाँ लिंगबाट रेन्च छुटाउने कुनै उपाय नभेटिएपछि प्रान्तीय अस्पताल लगिएको जनाइएको छ ।
सुरुमा चिकित्सकहरुले शल्यक्रियामार्फत लिंगमा रहेको रगतको प्रवाह कम गरी रेन्च निकाल्ने सुझाव दिएका थिए ।
तर, शल्यक्रियाका लागि अभिभावकले मञ्जुरी दिए पनि अस्पतालमा आएर हस्ताक्षर गर्न असमर्थ भएपछि शल्यक्रिया गर्न नसकेको अस्पतालले उल्लेख गरेको छ ।
त्यसपछि चिकित्सकले थप सहयोगका लागि लिन्हाइ अग्नि नियन्त्रकलाई बोलाए । तर, अग्नि नियन्त्रकले पनि फलाम काट्ने ग्रिन्डर प्रयोग गर्न नसकिने र प्रयोग गरिए बिरामीलाई ठूलो नोक्सान पर्नसक्ने बताएपछि अस्पतालले आपत्कालीन छलफल गरेको अस्पतालले उल्लेख गरेको छ ।
छलफलमा दन्त चिकित्सकले समस्या समाधान गर्नसक्ने निष्कर्ष आएपछि दुई दन्त चिकित्सक झौउ जी र सि जेंगशेंगलाई अस्पताल बोलाइएको थियो ।
३० मिनेटमा आइपुगेका दुवै दन्त चिकित्सकले उच्चगतिको अत्याधुनिक डेन्टल ड्रिलको प्रयोग गरी सफलतापूर्वक लिंगमा अड्किएको रेन्चलाई निकालिएको जेजियांग प्रान्तीय अस्पतालले उल्लेख गरेको छ । -जनधारणा साप्ताहिक
















