फरक विकास शैलीमा माओवादी मन्त्री

192

काठमाडौं/ माओवादी केन्द्रका तर्पmबाट सहरी विकासमन्त्री बनेका प्रभु शाहले बागमती संरक्षणका लागि नयाँ ऐन र नयाँ कार्यक्रम ल्याउने तयारी गरेका छन् । शाहले नयाँ ऐन तर्जुमाका लागि पाँच सदस्यीय समिति निर्माण गरेका छन् । मन्त्रालयका ज्योतिकुमार श्रेष्ठको संयोजकत्वमा सदस्यहरू वीरेन्द्र थपलिया, डा.राजु अधिकारी र योगेन्द्र चित्रकारलाई राखिएको छ ।
समितिले ऐन निर्माण गर्ने छ भने मन्त्री शाहले २५ लाख बिरुवा रोप्ने तयारी सार्वजनिक गरेका छन् । बिरुवा उपत्यकाको सौन्दर्यका लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण हुने गरी रोपिने जानकारी शाहले गराएका छन् । बागमतीलाई सफा गर्नेभन्दा फोहर नै हुन नदिने योजना तर्जूमा गर्न मन्त्रालयले ध्यान पु¥याउने भएको छ ।

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here