काठमाडौ,महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागीका कारण करिब २० लाखको क्षति भएको छ ।
लोहारपट्टी गाउँपालिका– २ महदैया बजारमा रहेको आयुष रेडिमेड एण्ड कस्मेटिक पसलमा आज बिहान ५ बजे आगलागी भएको हो । पसलभित्र रहेका कपडा र शृंगारको सामानसहित रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पसलमा रहेका रु १० लाख बढीको रेडिमेड कपडा, रु पाँच लाख भन्दा बढीको शृंगार सामग्री र केहि दिनदेखि किरानाको थोक कारोबार गर्दै आएकोमा रु पाँच लाख जतिको किराना सामग्री गरी जम्मा २० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ ।
हालसम्म पसलमा आगलागिको कारण पत्ता नलागेको र अनुसन्धानका लागि प्रहरी टोली खटिसकेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here