इलाकाबाटै द्रुत राहदानी सिफारिश

280

चन्द्रौटा / जिल्लाको पश्चिम क्षेत्रमा रहेर तीन स्थानीय तहमा सेवा प्रदान गरिरहेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले द्रुत राहदानी सिफारिश शुरु गरे पछि पश्चिम क्षेत्रका नागरिकलाई सहज भएको छ ।

विगतमा सदरमुकाम जानुपर्ने खर्च तथा सिफारिश फारम फोटोसमेत करीब रु ५०० खर्च हुने गरेकोमा इलाका प्रशासन चन्द्रौटाले फारम निःशुल्क गरेको तथा फोटोसमेत पुरानो जुनकुनै भए पनि सिफारिश हुने भएकाले सेवाग्राहीलाई सहज भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका अधिकृत तथा सूचना अधिकारी जगदीश अर्यालले जानकारी दिनुभयो ।

‘काठमाडौँमा द्रुत राहदानी बनाउन अनलाइन फोटो खिचेर बनाउने हुँदा फोटोमा कुनै रोकतोक गरिएको छैन’, अर्यालले जनाउनुभयो । चन्द्रौटामा राजश्व बुझेर राहदानी प्रदान गर्ने प्रक्रियामा रहेको जनाउँदै जनशक्तिको अभावले अहिले सिफारिश मात्र दिने गरिएको अर्यालको भनाइ छ । गत भदौ १५ गतेबाट सेवा शुरु गरिएकोमा पाँच महीनाको अवधिमा द्रुत सेवा लिने ११२ पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here