परिवर्तन भयो पाँचको नोट

331

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ३१ गतेबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याएको छ । हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा नरहेको राष्ट्र बैंकले जनाएको छ । यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहने पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्ला क्षेत्रको हिमाल र याक राखिएको छ ।
यी नोटमा संकेत नम्बर ढर६६ ०००००१ देखि थर४५ ९९९९९९ सम्म रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here