सत्य कुरा बोल्न किन डराएको प्रचण्ड कमरेड ?

104

–निमकान्त पाण्डे
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्डले एमाले पार्टीलाई सिध्याउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको भनी आफ्नो पार्टीको आन्तरिक कार्यक्रममा बोलेको भनी बाहिर चर्चित समाचार बनेको छ । प्रचण्डले कुन प्रसंगमा यस्तो अभिव्यक्ति दिनुभयो भन्नेतर्फ नलागेर प्रचण्डको विरोध गर्नमै एमाले पक्षधर केही लम्पसारवादीहरूले आफ्नो शक्ति खर्च गरिरहेका छन् । परन्तु प्रचण्डले एमाले पार्टीलाई सिध्याउन आवश्यक ठानेर अभिव्यक्ति दिनुभन्दा यो आवश्यकता धेरै पहिले महसुस गरिनुपर्ने विषय हो ।

 
माओवादीलाई सिध्याउन एमाले पार्टीको नेतृत्व पंक्तिमा रहेका नेताहरू, खासगरी केपी ओली, झलनाथ खनाल र माधव नेपालबाट विगतमा गरिएका षड्यन्त्रकारी गतिविधिको लेखाजोखा गर्नु आवश्यक हुन्छ । माओवादी पार्टी युद्धमा रहँदैका अवस्थामा एमालेको नेतृत्व पंक्तिले माओवादीलाई ‘आतंककारी’ घोषित गरेको हो । ०५२ सालमा माओवादीले सशस्त्र युद्ध थालनी गरेलगत्तै एमालेको पार्टी कार्यालयमा बसेको पहिलो बैठकले माओवादीलाई ‘आतंककारी’ भनेर माइन्यूटमै उल्लेख गरिएको छ । त्यसपछि माओवादीविरुद्ध एमालेको नेतृत्व पंक्तिले नेपाली कांग्रेससँग सहकार्य गर्दै आएको सबैलाई जानकारी भएको विषय हो । यो विषय इतिहास लेख्नेले अवश्य छुटाउने छैन ।

 
नेकपा (माआवादी) ले थालेको दीर्घकालीन जनयुद्धले आमूल रूपान्तरणको लक्ष्य लिएको थियो । सशस्त्र युद्धमार्फत देशमा जनसेनाको निर्माण गर्न सफल भएको माओवादी पार्टीका विरुद्ध संकटकाल लागू गर्ने काममा नेपाली कांग्रेसलाई समर्थन जनाउने काम एमालेको नेतृत्व पंक्तिबाटै भएको हो । त्यो बेला कांग्रेस सत्तामा थियो भने एमाले प्रमुख प्रतिपक्षको भूमिकामा थियो । माओवादीको रूपान्तरण अभियानलाई अवरोध गर्नका लागि मात्र नभएर माओवादीलाई समाप्त पार्नका लागि नै कांग्रेस र एमालेको त्यति बेलाको गठबन्धन भएको थियो भन्ने कुरा सुस्पष्ट छ ।
राजा ज्ञानेन्द्रले माओवादीको रूपान्तरण अभियानलाई पनि आत्मसात् गर्न नसक्ने र कांग्रेस र एमालेलाई पनि साथमा लिएर जान नसक्ने मानसिकता बनाएर कदम नचालेका भए राजनीतिले फरक कोर्ष लिएको हुन्थ्यो । माओवादीको सहयोगबाटै कांग्रेस र एमालेलाई पुनः सत्तारोहणको अवसर प्राप्त भएको हो भन्ने कुरा सबैलाई जानकारी भएको विषय हो । सत्तामा पुगेपछि सबै इतिहासलाई बिर्सिएर माओवादीलाई समाप्त पार्ने अभियानमा एमाले पार्टीका नेताहरूले कांग्रेसको प्रशस्त सहयोग लिएका छन् विगतकालमा ।

 
माओवादी अध्यक्ष प्रचण्डले दुई निर्वाचन क्षेत्रमा पराजित एमाले नेता माधव नेपाललाई मनोनयन गरी संविधानसभाको सदस्य बनाउँदा अवश्य पनि एमालेलाई सिध्याउने सपना प्रचण्डमा थिएन बरु एमालेलाई साथ लिएर अगाडि बढ्ने चाहनाका साथ नै पराजित व्यक्तिलाई काँधमा बोक्ने काम भएको हो भन्ने स्पष्ट छ । संविधानसभाको पहिलो राजनीतिक शक्ति माओवादी बन्न पुगेपछि एमालेलाई सत्ता साझेदार बनाएर प्रचण्डले सरकारको नेतृत्व गरेको अवस्थामा एमाले नेतृत्व पंक्तिबाट जुन किसिमको असहयोगी भूमिका निर्वाह भयो त्यो माओवादीलाई सिध्याउनमै केन्द्रित थियो भन्ने कुरा कसलाई थाहा छैन ? खासगरी प्रधानसेनापति कटवाल प्रकरणमा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पहिले उक्साउने र पछि असहयोग गरी सत्ताच्यूत गराउने काम एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले मात्रै अवश्य गरेका थिएनन् । त्योे काम एमाले पार्टीको संगठित निर्णयबाट थालिएको माओवादीलाई सिध्याउने अभियानको शृंखला थियो । एमाले पार्टीको नेतृत्वपंक्तिबाट प्रधानसेनापति प्रकरणमा दोहोरो भूमिका खेलेर गद्दारी नगरेका भए नेपालको राजनीतिले आजसम्म धेरै फड्को मारिसकेको हुन्थ्यो । खासगरी शिविरमा राखिएका जनमुक्ति सेनाका योद्धाहरूलाई देशमा राजनीतिक परिवर्तन ल्याउन योगदान पु¥याए बापतमा उपहार नदिएर अपमानजनक व्यवहारबाट विदा गर्ने काम गरियो । जनमुक्ति सेनाको शक्ति नभइदिएको भए देशबाट राजतन्त्रात्मक निरंकुशताको अन्त्य असम्भव थियो । त्यो यथार्थलाई कसैले पनि नकार्न मिल्दैन ।

 
माओवादी अध्यक्ष प्रचण्डलाई सेनापति प्रकरणमा धोका दिएर सत्ताच्यूत गरेपछि माधव नेपालको नेतृत्वमा सरकार निर्माण गर्दा नेपाली कांगे्रससँग गठबन्धन गरिएको थियो । त्यो गठबन्धन माओवादीलाई सिध्याउनकै लागि भएको थियो भन्ने कुरा पनि स्पष्ट छ । भारत सरकारको प्रत्यक्ष निर्देशनमा कांग्रेस र एमालेको गठबन्धन बनाउनकै लागि प्रधानसेनापति प्रकरण रचना गरिएको थियो भन्ने कुरा घटनाक्रमहरूबाट अनुमान मात्र गर्न सकिए पनि यो कुराको पुष्टि स्वयम् रुकमांगद कटवाल, तत्कालीन राष्ट्रपति रामवरण यादव र भारतीय राजदूतले समेत गरिसकेका हुन् । कटवाल प्रकरणबाट प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाएर माओवादीलाई सिध्याउने अभियानमा भारत, कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो भन्ने स्पष्ट छ । यही गठबन्धनले नै दुई निर्वाचन क्षेत्रमा पराजित व्यक्ति माधव नेपाललाई प्रधानमन्त्री बनाउने लज्जाजनक काम ग¥यो । माधव नेपाल प्रधानमन्त्री भएपछि लगातार रूपमा उनले जनमुक्ति सेनालाई विघटन गर्ने र अनमिनलाई फिर्ता पठाउने कुरामै जोड दिइरहेपछि गठबन्धनको उद्देश्य स्पष्ट भइसकेको थियो । अनमिनलाई फिर्ता पठाएपछि जनमुक्ति सेना र नेपाली सेनालाई मिलाएर राष्ट्रिय सेना बनाउने बृहत् शान्ति सम्झौताविपरीतका गतिविधिहरू सुरु भए । यी सबै गतिविधिहरू माओवादीले मित्रशक्ति ठान्दै आएको एमाले पार्टीको नेतृत्वपंक्तिबाटै भएका थिए ।
माओवादीविरुद्ध चारैतिरबाट घेराबन्दी गराउने, माओवादीलाई कमजोर बनाउने, माओवादीको युवासंगठन वाइसीएलविरुद्ध आफ्नो छुट्टै युवा संगठन निर्माण गर्नेलगायतका कामहरू एमालेबाटै भएका हुन् । यति हुँदाहुँदै पनि माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको घटनाले एमालेप्रति प्रचण्ड सकारात्मक नै रहेको स्पष्ट हुन्छ । झलनाथ खनालको नेतृत्वमा सरकार बनेपछि पनि माओवादीलाई कमजोर बनाउने काम रोकिएन ।
दोस्रो संविधानसभाको निर्वाचनपछि माओवादीको राजनीतिक हैसियत कमजोर बन्न पुग्यो । तैपनि अध्यक्ष प्रचण्डले आफ्नो भूमिकालाई कमजोर बन्न नदिएर संविधान निर्माण गर्ने काममा महत्वपूर्ण योगदान पु¥याएको स्पष्ट राजनीतिक हैसियत कमजोर बन्न पुग्यो । तैपनि अध्यक्ष प्रचण्डले आफ्नो भूमिकालाई कमजोर बन्न नदिएर संविधान निर्माण गर्ने काममा महत्वपूर्ण योगदान पु¥याएको स्पष्ट छ । संविधान जारी भइसकेपछि एमाले पार्टीकै नेतृत्वमा माओवादीसहितको सरकार सञ्चालन गर्ने सहमतिमा माओवादी अध्यक्ष पुग्नु निश्चय पनि एमालेलाई सिध्याउने अभियान थिएन । बरु अध्यक्ष प्रचण्ड अष्ट्रेलिया भ्रमणको तयारीमा रहेका बेला योजनाबद्ध ढंगले प्रचण्डविरुद्ध प्रचारबाजी सुरु भयो । यस्तो प्रचारमा एमालेका तर्फबाट मन्त्री बनेका व्यक्तिसमेत प्रत्यक्ष रूपमा सहभागी देखिएपछि माओवादीलाई सिध्याउने एमालेको अभियान कति निम्नस्तरको रहेछ भन्ने स्पष्ट भएकै हो ।
जहाँसम्म सरकार परिवर्तन गर्ने सवालमा माओवादी र कांग्रेसबीचको गठबन्धनको कुरा छ, यो गठबन्धन एमाले पार्टीकै अध्यक्ष केपी ओलीको अहंकार र माओवादीविरुद्धको उनको कार्यशैलीले जन्माएको हो भन्ने स्पष्ट छ । एमाले पार्टीकै वरिष्ठ उपाध्यक्ष वामदेव गौतमबाट यो कुरा सार्वजनिक भइसकेको छ । ०७३ वैशाखपछि सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्ने भद्र सहमतिलाई कार्यान्वयन गर्न केपी ओली तयार नभएपछि माओवादी र कांग्रेसको गठबन्धन निर्माण हुनु बाध्यता बनेको हो । त्यसैले एमालेको नेतृत्वपंक्ति सार्वजनिक नगरीकनै माओवादीलार्ई सिध्याउने अभियानमा निरन्तररूपमा लागिरहेको सत्यलाई उद्घाटन नगरेर माओवादी अध्यक्ष प्रचण्ड आफैले एमालेलाई सिध्याउने कुरा बोल्नु र यसबाट एमालेको नेतृत्वपंक्ति आतंकित बन्नु आश्चर्यजनक भएको छ ।

(लेखक जनधारणा साप्ताहिक र स्वाभिमान नेपाल मासिकको प्रधान सम्पादक हुनुहुन्छ ।)

जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here