माओवादी केन्द्रको औचित्यहीन दाबी

246

हुकुमबहादुर सिंह

माओवादी केन्द्रले प्रदेश नम्बर दुईको निर्वाचनबाट पहिलो हुने दाबी गरेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसको वैशाखीमा तेस्रो हुन सफल रहेको माके अहिले कसरी पहिलो होला ? सबैले प्रश्न गर्दै छन् । यसको उत्तर खोज्नुभन्दा पहिले संसद के होे ? संसदवाद के हो ? के भएमा संसदवादी भइन्छ ? आदि प्रश्नहरूको सही उत्तर खोज्न आवश्यक छ र यी प्रश्नहरूको उत्तर खोज्न अन्यत्र कहीँ जानु पर्दैन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले प्रदेश दुईको निर्वाचनमा अपनाएका तौरतरिका र पद्धतिबारे विश्लेषण गरे स्पष्ट पार्न मद्दत गर्दछ । प्रचण्ड स्वयम् मात्रै होइनन् अझै पनि आफूलाई क्रान्तिकारी माओवादी भन्नेहरू विगतको जनयुद्धमा उनीहरूले कमाइ गरेको ब्याजको झोला बोकेर प्रदेश दुईको निर्वाचनमा पहिलो बन्न कम्मर कसेर लागेका छन् । उनीहरूमात्रै कहाँ होर मधेस आन्दोलनको ब्याजको झोला बोक्ने राजपा, फोरमहरू पनि आफू नै पहिलो बन्ने भन्दै लागेका छन् । यीसहित कांग्रेस र एमाले त त्यसै संसदीय व्यवस्थाका नाम चलेका पार्टीहरू नै ठहरिए, तिनको के कुरा ।
कांग्रेसले आफूलाई दुई नम्बर प्रदेशको निर्वाचनमा एक नम्बर बन्ने भविष्यवाणी गर्दै छ, एमाले त्यसै भन्दै छ, माके झन् के कम प्रचण्ड स्वयम् पैसाको ठूलै थैली बोकेर उतै डेरा डण्डा जमाएर बसेका छन् । नेपालमा संसदीय व्यवस्थालाई बचाउने मात्रै होइन, वर्तमानमा संसदवादी दर्शनका नया“ जोगी बनेका छन् उनी । जनतालाई थाहा छ, एउटा निर्वाचनमा एउटै मात्रै प्रथम हुन्छ, तर यहाँको निर्वाचनमा कांग्रेस, एमाले, माके, राजपा, फोरमहरू सबैले आफूलाई एक नम्बरको पार्टी बन्ने घोषणा गरेका छन् । प्रचण्डले नाम चलेका केही मधेसी नेताहरूलाई किनेर आफ्नो पार्टीमा प्रवेशद्वारा देखाइदिएका छन्, निर्वाचन अगाडि उनी नै पहिलो पंक्तिमा छन्, जसरी दोस्रो संविधानसभाको निर्वाचनका दौरान उनी जनसभाहरूमा देखिने जनमानसको भीडबाट हौसिएका थिए तर परिणाम त्यसको ठीक उल्टो भयो । कतै उनी यो निर्वाचनमा पनि राजपा वा फोरमहरूभन्दा पछाडि त पर्ने होइनन् ? शंका अझै यथावत् छ । नेपाली कांग्रेसको वैशाखीमा पहिलो निर्वाचनमा कायम गरेको तेस्रो वरियताक्रम कतै चौंथो वा पाँचौं त बन्ने होइन ?
एकैसाथ माओवादी केन्द्र पनि बनिरहने र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था तथा संविधानको पक्षधर पनि हुने, यी दुवै एकैसाथ कसरी सम्भव होला र ? यो सही हो कि विश्वसाम्राज्यवादले दमन र बन्दुकबाट नेपालको माओवादी आन्दोलनलाई ध्वस्त पार्न असफल रह्यो तर अहिले माओवादी केन्द्रको नाममा नेपालको माओवादी आन्दोलनलाई खतम पार्न सफल भएको छ । दलाल तथा नोकरशाही पु“जीपति वर्गको हातमा रहेको राज्यसत्तालाई सशस्त्र बलद्वारा खोसेर देशका गरिब किसान, सुकुमवासी तथा मजदुर आदिको हातमा लैजानुको बदलामा कांग्रेस, एमाले, राजपा तथा फोरमभित्रका सामन्त तथा दलाल नेताहरूलाई पार्टी प्रवेश गराएर के माकेमा माओवाद कायम रहला ?
जव माओवाद रहँदैन भने किन आफूलाई माओवादी केन्द्र भनिरहने ? यसका पछाडि विश्व साम्राज्यवादको रणनीतिको हतियार बन्न गएको प्रतीत हुन्छ माओवादी केन्द्र । जबसम्म नेपालको राज्यसत्ता दलाल तथा नोकरशाही पु“जीपति वर्गको हातमा रहन्छ अथवा दलाल तथा नोकरशाही पु“जीवादले पुरानै राज्यसत्ता र देशमा साम्राज्यवादी÷विस्तारवादी उत्पीडन जारी रहनेछ । कुनै पनि निर्वाचनमा पहिलो हुने र दोस्रो वा तेस्रो हुनुको सर्वहारा क्रान्तिका लागि नकारात्मक नै ठहर्छ । माकेको पहिलो बन्ने दाबीबारे पनि सत्य हो । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here