साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त

160

काठमाडौं । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ ।

साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए।

विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा नियुक्त शर्मालाई सञ्चालक समितिले महाप्रबन्धकसमेत बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here