मनीपुरका माओवादीहरू

210

हुकुमबहादुर सिंह

यसपटक भारतका माओवादीहरूको चर्चा गर्न सान्दर्भिक लागेको छ । दशैंको बेला भारतको मनीपुरमा पुग्ने अवसर जु¥यो । मनीपुरका माओवादीहरूको कुरा गर्दा सर्वप्रथम क. इराबोटको नाम सबैभन्दा अगाडि आउछ । क. इराबोटको पुरा नाम हिजम इराबोट हो । उहाँको जन्म १८९६, ३० सितम्वरका दिन मनीपुरमा भएको थियो । हिजम इराबोटलाई वर्तमान मनीपुरका जनताले ज्यादै श्रद्धाभावले हेर्ने गर्दछन् । उहाँ आफ्नो कलिलो उमेरबाटै विभिन्न सामाजिक कार्यहरूमा संलग्नु हुनुहुन्थ्यो । यसैक्रममा तत्कालीन बेलायती समर्थनमा सत्तामा रहेका फासिष्टहरूले त्यहाँका महिलामाथि लादिएको फासिष्ट नीतिका विरुद्ध १९३९ डिसेम्वर १२ मा पहिलो महिलाहरूको विद्रोह गरेका थिए । त्यसलाई उक्साएको आरोपमा क.इराबोटलाई १९४० जनवरी ९ मा गिरफ्तार गरी सुरुको एक वर्ष मनीपुरको एम्फाल जेलमा र पछिका दुई वर्ष वर्तमानमा बंगलादेशमा पर्ने सिलहेत जेलको कारावासमा राख्यो । सिलहेत जेलको कारावासको बसाइका दौरानमा जेलमा रहेका अन्य कम्युनिष्टहरूको संगतमा उहाँले माक्र्सवाद–लेनिनवादको अध्ययन गर्ने सुअवसर पाउनु भयो । उक्त कारावासको अवधि विताएपछि पनि उहाँलाई मनीपुर प्रवेशमा रोक लगाइयो । उक्त अवधिमा उहाँ नजिकको आर्के राज्य असममा रहनु भयो । उक्त समयमा उहाँ किसानहरूका बीचमा काम गर्न थाल्नु भयो । त्यस समयमा उहाँले त्यहाँको किसान सभा, जो भारतीय कम्युनिष्ट पार्टीको नेतृत्वमा थियो, उक्त समयमा उहाँ ती भारतीय कम्युनिष्ट पार्टीका नेताहरूसित सम्पर्कमा आउनु भयो । उहाँले असमको प्रतिनिधित्व गर्दै विशेष आमन्त्रितको रूपमा भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) को २३ मे देखि १ जुनसम्म बम्बईमा चलेको पहिलो कंग्रेसमा भाग लिनुभयो । उहाँले अखिल भारतीय किसान सभाका अनेकौ बैठकहरूमा भाग लिदै जाने क्रममा असमको सिलचार जिल्ला पुलिसले कम्युनिष्ट भएको आरोपमा १९४४ मा गिरफतार गरी १९४५ मा जेल मुक्त ग¥यो ।
जेलमुक्त भएपछि उहाँलाई कछार (असम) जिल्ला किसान सभाको जनरल सेक्रेटरी र सुरुमा उपत्यका किसान सभाको अध्यक्ष मनोनित गरियो । १९४६ मा उहाँ सिलचार निर्वाचन क्षेत्रबाट असम प्रान्तीय सभाको लागि भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) को उम्मेदवारको रूपमा निर्वाचन लड्नु भयो । त्यसै समयमा मनीपुर राज्य परिषदले मार्च १९४६ मा मनीपुर आउने अनुमति दियो । त्यसपछि उहाँले अप्रिल १९४६ मा मनीपुर प्रजा मण्डलको गठन गर्नुभयो । १९४८ मा कलकत्तामा भएको भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) को दोस्रो कंग्रेसमा भाग लिनु भयो । यद्यपि मनीपुर त्यसबेलामा भारतको भूभाग थिएन । त्यसकारण क. इराबोटले मनीपुरमा कुनै पनि भारतीय कम्युनिष्ट पार्टीको गठन गर्नु भएन । १९४८ मा भएको मनीपुर राज्यसभाको उटरलाव निर्वाचन क्षेत्रबाट कृषक सभा उम्मेदवारका रूपमा निर्वाचनमा उम्मेदवार बन्नु भयो र विजय हुनु भयो । त्यही समयमा भारतले मनीपुर, त्रिपुरा, कछार (असम) र असमका लुशाइ पहाडहरूलाई मिलाएर पुर्वाञ्चल प्रदेश बनाउने षड्यन्त्र सुरु ग¥यो । क. इराबोटले २१ सेप्टेमवर १९४८ मा भारतले मनीपुर, त्रिपुरा, कछार (असम) र असमका लुशाइ पहाडहरूलाई मिलाएर पुर्वाञ्चल प्रदेश बनाउने षडयन्त्रका विरुद्ध सबै प्रगतिशीलहरूको बैठक आव्हान गर्नु भयो । उक्त बैठकमाथि भारतीय सेनाले रक्ताम्य हुने गरी दमन ग¥यो । उक्त आक्रमणमा एकजना भारतीय सेनाको पनि मृत्यु भयो । मनीपुर राज्य परिषदले मनीपुर प्रजामण्डल र मनीपुर कृषक सभा दुवैलाई गैरकानुनी घोषित ग¥यो ।
वास्तवमा उक्त घटना किसान क्रान्तिकारी लोकतान्त्रिक आन्दोलनलाई दवाउनका लागि फासिष्ट शासक वर्गद्वारा नियोजित रूपले तैयार पारिएको घटना थियो । यसको पछाडिको तर्क के थियो भने मनीपुर राज्यको संविधानमाथि क्रान्तिकारी जनताको प्रतिनिधित्वविहीन रहँदै दमन गर्ने षडयन्त्र थियो । मनीपुर राज्य परिषदले मनीपुर कृषक सभाको बैठकमाथि गरिएको नृशंस दमनको न्यायोचित छानविन गर्ने मागलाई मानेन, किनभने उसको तर्क के भयो भने १९४७ को मनीपुर संविधानमा मनीपुरी जनताको नागरिक अधिकारबारे कुनै उल्लेख गरिएको थिएन । उक्त संविधानको निर्माण तत्कालीन ब्रिटीस उपनिवेशवादी दलाल पियरसनको साम्राज्यवादको सेवा गर्ने ठूलो सुजियोजित योजनामा उसले उसका पिठ्युहरूलाई उपत्यका र पहाडहरूबाट संविधान निर्माण समितिमा मनोनित गरेको थियो ।
त्यसपछि मनीपुरले विश्व सर्वहारावर्गको एउटा अभिन्न अंगको रूपमा आपूmलाई अगाडि बढाउदै आएको छ । ऐतिहासिक तत्थ्यहरू र वर्तमानको मनीपुरको आर्थिक तथा सामाजिक राजनीतिक अवस्थाहरूले के स्पष्ट पारेका छज् भने सिपिआई मनीपुर राज्य समिति नभई मनीपुर कम्युनिष्ट पार्टीको गठनको माग गर्दछ । त्यसकारण क. इराबोटले २९ अक्टोवर १९४८ मा एउटा सशस्त्र राजनीतिक दलको रूपमा मनीपुर कम्युनिष्ट पार्टीको गठन गर्नु भयो र सही राजनीतिक लाइनको निर्माण गर्नु भएको छ । उहाँले यसको सशस्त्र समूह जसलाई मनीपुर रेड गार्ड भनिन्छ स्थापित गर्नु भएको छ । अहिले मनीपुर कम्युनिष्ट पार्टीले माक्र्सवाद– लेनिनवाद–माओवादलाई क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्दछ र त्यसैका आधारमा सर्वहारा क्रान्तिलाई सफलतातर्फ लैजाने उद्घोष गरेको छ । मनीपुर कम्युनिष्ट पार्टी पनि भारतका अन्य माओवादी पार्टीहरूजस्तै भूमिगत छ । क. इराबोटको सम्झना एउटा राष्ट्रिय पर्वको रूपमा मनाइने गरिन्छ । यसैक्रममा क. इराबोटको ६६औं ‘डेथ एनीभर्सरी’को उपलक्ष्यमा मनीपुर समाजवादी विद्यार्थी संगठन, मनीपुर सर्वहारा जनवादी लोकतान्त्रिक संगठन र मनीपुर संघर्ष समितिको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्चको अध्यक्षको नाताले उनीहरूको निमन्त्रणामा सहभागी भएको थिएँ ।

मनीपुरको राजधानी इम्फालमा आयोजित उक्त कार्यक्रममा सयौको संख्यामा महिलाहरू, हजारौ युवा विद्यार्थीहरूको मार्चपाससहित सयौ बौद्धिक व्यक्तित्वहरूको सहभागिता थियो । उक्त कार्यक्रममा विदेशी पाहुनाको रूपमा भारतबाट भारतीय वामपन्थी लेखक क.बारबरा राव र नेपालबाट राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्चको अध्यक्षको नाताले मेरो उपस्थिति थियो । समग्रमा मनीपुर भारतका अन्य राज्यजस्तै भारतबाट आफूलाई एउटा स्वतन्त्र राज्य देख्न चाहन्छ । मनीपुरको माटोमा भारतीय सेना जसलाई उनीहरू विदेशी सेना भन्ने गर्दछन्, देशबाट भारतीय सेना जाओस् भन्ने उनीहरूको बलियो माग छ । मनीपुरी जनता एक दिन आफ्नो देश स्वतन्त्र भएको देख्न इच्छुक छन् र कार्यक्रमले के सन्देश दिएको थियो भने उनीहरूलाई थाहा छ– यो काम केबल एउटा सच्चा माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टीको नेतृत्वमा मात्रै सम्भव छ । त्यसैले क. इराबोटको सम्झनाले क्रान्तिमा कति अहम् महत्व राख्दछ ? मनीपुरका माओवादीहरूलाई थाहा छ । विश्वभरका माओवादीहरूबीचको एकता मनीपुरी माओवादीहरूको पनि चाहनाको विषय भएको छ । नेपालका सच्चा माओवादीहरू सधै विश्वभरका उत्पीडित राष्ट्रहरूको मुक्ति आन्दोलनको समर्थन गर्दछ र मनीपुरबारे पनि यही सत्य हो । [email protected]                                     (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here