सिटिइभिटीका प्रमुखलाई विद्यार्थीले दले कालोमोसो

221

भक्तपुर । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई बुधबार उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन्।

प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए।

केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका हुन्।

कालोमोसो दलेलगत्तै प्रहरी पुगेपछि विद्यार्थीहरू पछाडिको ढोकाबाट भागेको प्रहरीले बताएको छ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको भएपनि कालोमोसो कर्मचारीलाई दलिएको भन्दै सिटिइभिटीका कर्मचारीले भने विरोध गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here