चिकित्सा विधेयक पास गराउन सभामुखलाई सक्रिय भूमिका खेल्न गोविन्द केसीको आग्रह

217

काठमाडौँ । अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

प्रा डा केसीले बिहीबार साँझ पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गरे। उनले भने,“केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा आम विद्यार्थीको सस्तोमा चिकित्सा शिक्षा पाउने अधिकार कुण्ठित गर्न सक्रिय भएका छन्, त्यसैले ऐन असफल पार्न लागेका छन् ।” डा केसी आठ दिनदेखि स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखी १३ औँ आमरण अनशनमा छन्। चिकित्सा विधेयक संसद्मा विचाराधीन छ । बिहीबार सभामुख ओनसरी घर्तीले विधेयक पारित गराउन गरेको प्रयास एमालेले असहमति जनाएपछि असफल भएको थियो । त्यसका लागि सभामुखले शिक्षामन्त्री, कानुन मन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, कांग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतकलाई बोलाएर छलफल गरेकी थिइन् । छलफलमा नेकपा एमालेले विधेयक पारित गर्न नदिने बताएको थियो । त्यसपछि विधेयक संसद बैठकमा पेश हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here