राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरणः प्रचण्ड

320

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरण हुन लागेको बताएका छन्

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पूर्वराज्यमन्त्री एवं राजपाका केन्द्रीय सदस्य खोवारी रायसहितका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नेकपा एमालेसहित वाम एकताको प्रयास राष्ट्रिय एकता, स्वाधीनता र जनताको अधिकारका पक्षमा रहेको बताए।
उनले भने, “हामी हिमाल, पहाड र तराई–मधेशमा बस्ने सबै जनताको पहिचान र अधिकारका पक्षमा रहेका छौँ । संविधानलाई संशोधन र परिमार्जन गर्दै सबैका अधिकार समेट्न पनि एमालेसँग हाम्रो सहमति छ।”

कार्यक्रममा पूर्वसांसद रासनारायण राय, पूर्वगाविस अध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजदेवी सहनी, पूर्वगाविस अध्यक्ष तथा राजपाका केन्द्रीय सदस्य किशोरीप्रसाद यादवलगायत १२ नेता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here