प्रधानमन्त्रीलाई ओलीको प्रश्नः प्रधानमन्त्रीज्यू, तपाईंलाई थप मन्त्री किन चाहियो ?

193
g]skf Pdfnn] ;'? u/]sf] d]rL–dxfsfnL cleofg cGtu{t afFs]sf] g]kfnuGhdf ePsf] cfd;efnfO{ ;Daf]wg ub}{ Pdfn]sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M cd[tf s] ;L , sf]xnk'/ afFs], /f;;

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको एकमात्र काम आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको बताएका छन्।

व्यवस्थापिका–संसद्को अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा वक्तव्य दिँदै उनले संसद्को अवधि सकिन एक दिनअघि अन्य दललाई जानकारीबिना मन्त्रिमण्डलमा सदस्य थप्ने प्रयास गलत भएको टिप्पणी गरे । शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्न एमालेले पूरै साथ दिने उनले बताए। आगामी मंसिर १० र २१ गतेका लागि ती तहको निर्वाचनको मिति तय भएको छ ।

उनले प्रश्न गर्दै भने, “प्रधानमन्त्रीज्यू, तपाईंलाई थप मन्त्री किन चाहियो ? यो संख्या तपाईले संसद्का १० प्रतिशतसम्मलाई मन्त्री बनाउन मिल्छ भनेर दिएको अभिव्यक्तिको पनि उल्लंघन भएन र ? फेरि शपथ ग्रहण गराउन कसरी जाँदै हुनुहुन्छ, के लोकतन्त्र भनेको कानून नमान्नु हो ?”

निर्वाचन आयोगले आचारसंहिताविपरीत मन्त्री थप्न हुन्न भन्ने पत्राचार गरेको अवस्थामा कानूनको पालना गराउने सरकारबाटै आचारसंहिताको उल्लंघन हुनु दुःखद भएको टिप्पणी गर्दै उनले प्रतिपक्षको यसमा गम्भीर आपत्ति र विरोध रहेको जानकारी गराए। ओलीले यसबारे आफूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि अवगत गराएको उल्लेख गर्दै सम्भव भए मन्त्री थप्ने निर्णय फिर्ता लिन आग्रह गरे।

एमाले र माओवादी केन्द्रको चुनावी तालमेल लोकतान्त्रिक मूल्यमान्यता एवं राष्ट्रियताको सम्वद्र्धनका लागि भएकाले यसबाट कोही तरङ्गीत हुन नपर्ने भन्दै उहाँले अनेक बाधा र अड्चनबीच नयाँ संविधान जारी हुन सकेको र यसमा धेरै दल र अन्य पक्षले भूमिका निर्वाह गरेको स्मरण गरे ।

उनले तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र वर्तमान सभामुख ओनसरी घर्तीले खेल्नुभएको भूमिकाप्रति पनि आभार व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here