आज ४५ जिल्लामा सवारीसाधन नचल्ने

117

काठमाडौं / आज ४५ जिल्लामा सवारीसाधन चलाउन निषेध गरेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । गृह मन्त्रालयले बिहीबार हुने दोस्रो तथा अन्तिम चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारी साधन चलाउन रोक लगाएको हो ।

मन्त्रालयले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार मध्यरातसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ । मन्त्रालयले मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी भने चल्न पाउने जनाएको छ । यस्तै अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी, शवबाहन, दूरसञ्चार तथा दुध ढुवानी लगायतका सवारीसाधन चल्न पाउनेछन् । साँझ ७ बजेदेखि भने सबै सवारीसाधन चल्न पाउने छन् ।

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here