गोल्ड स्टारको विज्ञापन सन्देश

1337

काठमाडौं । गोल्डस्टार जुत्ताको उत्पादक, बजार व्यवस्थापक तथा वितरक कम्पनी किरन सु म्यानुफ्याक्चरर्सले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै वैज्ञापनिक सन्देश प्रस्तुत गरेको छ । कम्पनीले गोल्ड स्टार ब्राण्डको जुत्तालाई नेपालको सर्वाधिक रुचाइएको जुत्ता बनाउन सहयोग गर्ने आफ्ना ग्राहकवर्ग, विक्रेता, वितरक तथा शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्दै विज्ञापन सन्देश प्रस्तुत गरेको हो ।
कम्पनीकी बजार व्यवस्थापन निर्देशक विदुषी राणाले भनिन्, ‘गुणस्तर र बलियो उत्पादनलाई सुलभ मूल्यमा बजारमा ल्याउनु नै गोल्डस्टारको प्रमुख ध्येय हो । हामी नेपालभित्र र नेपालबाहिर रहेका ती सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद दिन्छौं जसले हरेक पाइला, हरेक कदममा हामीलाई समर्थन गर्नुभएको छ ।’ विशेष गरी नेपाली ग्राहकहरूकै लागि निर्माण गरिएको गोल्ड स्टारले हरेक पटक नयाँ जुत्ता बजारमा प्रस्तुत गर्दा नेपाली ग्राहकहरूको चाहनालाई दृष्टिगत गरेको उनको भनाइ छ ।                                                 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here