काठमाडौं । माछापुच्छे« बैंकको १९औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अब बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड पुगेको छ ।
साधारणसभाले आगामी ३ वर्षको लागि जेपी राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । बैंकले नयाँबजार पोखरामा एटिएम काउण्टर खोलेको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को पहिलो तीन महिनामा २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ भने ६० अर्व ३० करोड रूपैयाँ निक्षेप संकलन गरी ५४ अर्व ४२ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैकको देशभरि ६२ वटा शाखाहरू तथा ४ वटा एक्स्टेन्सन काउन्टरहरू साथै ७ शाखा रहित बैंकिङ सेवा संचालनमा रहेका छन् । बैंकको देशभर ८४ वटा एटीएमहरू संचालनमा छन् । (- जनधारणा साप्ताहिक)


















