आजदेखि दिल्लीमा नेपालबारे अर्काे बैठक

137

काठमाडौं/ नेपाल–भारतबीच विद्यमान असमान सन्धिहरू र सीमा अतिक्रमणलगायतका समस्याहरूको पहिचान गर्ने र ती समस्याहरू समाधानका निम्ति सन्धिहरूको खारेजीलगायत परिमार्जन गर्नेसम्मका सुझाव प्रस्तुत गर्न गठन गरिएका दुवै देशका प्रबुद्ध समूहको बैठक आज बिहीबार भारतको राजधानी नयाादिल्लीमा पुन: बस्दैछ । यसअघि भएका बैठकहरूमा सन्धि पुनरावलोकन गर्ने सहमति दुवैपक्षबीच भएको जनाइएको थियो । खासगरी सन् १९५० को सन्धिका केही बुादा संशोधन गर्न दुवै पक्षबीच सहमति बनेको चर्चा थियो ।
सीमा र दशगजा व्यवस्थापन, व्यापार प्रबद्र्धन र पारवहनजस्ता विषयमा दुवै पक्षबीच छलफल भइरहेको जनाइएको थियो । कुनै पनि विषयमा टुंगोमा पुग्न प्रबुद्ध समूह नसकिरहेको अवस्थाबीच आजदेखि नयाादिलीमा बैठक बस्न गइरहेको छ । भारतपक्षले सीमा क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था कडा गरिरहेको छ । उसको रवैयाले नेपालप्रति नयाादिल्लीको सोचाइ सकारात्मक छैन भन्ने कुरा पुष्टि गरिरहेको छ । दशगजाको अन्तर्राष्ट्रिय मान्यताविपरीत र दुई देशबीचको सीमा रेखाको मान्यताविपरीत भारतले व्यवहार गर्दै आएको छ । सीमा स्तम्भ हटाउने, सीमा अतिक्रमण गर्ने र दशगजा क्षेत्रभित्र संरचनाहरू निर्माण गर्ने जस्ता काम भारतले गर्दै आएको छ । भारतका यस्तै ज्यादतिहरूविरुद्ध आवाज उठाउने क्रममा भीमदत्त पन्त र गोविन्द गौतमजस्ता युवाहरू सहित बनाइएका छन् । नेपालको प्रबुद्ध समूहले नेपालको हितमा सन्धिहरू पुनरावलोकन गर्ने अडान लिन्छ वा नयाादिल्लीको दवावअगाडि नतमस्तक भएर देशको अहितमा सहमति जनाउला ! प्रतिक्षाको विषय भएको छ । नेपालतर्फबाट प्रबुद्ध समूहमा सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र भेषबहादुर थापा र डा.राजन भट्टराई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here