चन्द्रप्रकाश बानियाँ
कम्युनिष्ट संगठनहरूमा भेला प्रशिक्षणहरू निकै बाक्ला हुने गर्छन् । ‘हिङ नभए पनि हिङ बााधेको टालो’ भनेजस्तो हाम्रो नयाा प्रधानमन्त्रीमा कम्युनिष्ट परम्पराको अलिकति धङ्धङी जीवितै रहेछ । अघिल्लो हप्ता उनले आफ्ना नयाा मन्त्री र पुराना सचिवहरूलाई सगोलमा प्रशिक्षण दिएछन् । सधैंझैं विकासे सपनाका उडन्ते कथा प्रमले यसपटक सुनाएनन् भनेर उनमा परिपक्वता आएको अनुमान गर्ने र खुशी हुने शुभचिन्तकहरू पनि देखिए । हो, उडन्ते विकासका तिलस्मी गफ गरेनन् तर उनको प्रशिक्षण/निर्देशन आमश्रोताका निमित्त आकर्षक भए पनि प्रशिक्षार्थीहरूको लागि भने पट्यारलाग्दो बनेको झलक टेलिभिजनका पर्दाहरूमा स्पष्ट देखिन्थ्यो । ट्राफिक नियम उल्लङ्घन गरेको अपराधबापत पुलिस अधिकारीको लेक्चर सुन्नु निजी सवारीसाधनका मालिकहरूका लागि जति अरुचिकर र पट्यारलाग्दो कहर बन्छ, त्यस्तै अनुभूति मन्त्री र कर्मचारीहरूले गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ । देशलाई कुन बाटोबाट डोर्याएर कति समयसम्ममा कुन ठाउामा पुर्याउने हो भन्ने वैज्ञानिक र व्यावहारिक योजना (खाका) सरकारसाग छैन । मुलुकले व्यहोर्दै आएको पछ्यौटेपन र अविकासको मूल कारण के हो भन्ने निदान नेपालको राजिनीतिले गर्न सकेकै छैन । जति नै कुशल भए पनि आाखामा पट्टी बााधेको योद्धाले हावामा तरबार चलाएर शत्रुको दोहोलो गर्न सक्तैन । त्यसैले मुलुकलाई समृद्धिको दिशातिर कुदाउने सरकारका प्रयत्नहरू ‘हात्ती छाम्ने’ कथाजस्तै बन्नु अस्वाभाविक हुादैन । नेपालको राजिनीतिले देशको आवश्यकता बुझेकै छैन । आवश्यकताको अनुमान गरेको भए पनि त्यसको उचित समाधान पहिल्याउने ल्याकत नै राख्दैन । देशमा उपलब्ध सम्भावना खुट्याउन सकेकै छैन । उपलब्ध साधनस्रोत परिचालनको सीप पनि आर्जन गरेको छैन । त्यो भन्दा महत्वपूर्ण कुरा इमान्दारिता र जवाफदेहिता भन्ने कुरा सिकेकै छैन । आफैले नबुझेको विषयको जिम्मेवारी लिन खोज्नु पौडन नजान्नेले सागरमा हाम्फाल्नुजस्तै हो । नेपालको आवश्यकता र अपेक्षामा वर्तमान नेतृत्व खरो उत्रला भनेर आशा गर्नु पौडन नजान्नेले आफ्नै बुतामा सागर पार गर्छ भनेर पत्याउनुुजस्तै हो ।
देशको समस्या समाधान गर्ने विषयमा नेपालका विज्ञविद्वान् र राजनीतिक दलका नेताहरूको बुझाइको स्तर एउटै छ भन्नु बढ्ता हुादैन । उदाहरणका निमित्त सरकार निर्माण गर्नुपूर्व वामदेव गौतम नेतृत्वको कार्यदलले प्रस्तुत गरेको ‘आर्थिक कार्यक्रम’ निर्माणको ढााचालाई लिन सकिन्छ । गौतमको नेतृत्वमा विज्ञविद्वान् र उच्च तहका नेताहरू सम्मिलित समितिले सिफारिश गरेको विकासको एउटा सूत्र थियो–‘५ वर्षभित्र नेपालको सम्पूर्ण खेतियोग्य जमिनमा सिाचाइ सुविधा पुर्याउने !’ हो, नेपालमा पर्याप्त जमिन पनि छ, जनशक्ति पनि छ, पानीको स्रोत पनि छ । सबै कुरा हुादाहुदै ७० प्रतिशतभन्दा बढी जमिनमा सिाचाइ सुविधा पुग्न सकेको छैन । आजपर्यन्त आकाशकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ? जलस्रोतमा संसारकै दोस्रो धनी मुलुक नेपालले विश्वको एक चौथाई जनसंख्यालाई पिउने पानी आपूर्ति गर्नसक्ने क्षमता राख्दछ । सिाचाइको कुरा त परै रहोस् देशको एक चौथाइ जनआवादीलाई शुद्ध खानेपानी पुर्याउन किन सकिएको छैन ? दूरदुर्गमका गाउा, कुना, कन्दराको कुरा परै रहोस्, संसारमै फोहोरपानी उपयोग गर्ने पहिलो नम्बरमा आउने राजधानी शहर सायद काठमाडौं नै होला । साधनस्रोत उपलब्ध भएर पनि उपभोग्य क्षमता आर्जन गाह्रो हुादो रहेछ ! काठमाडौंलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रयत्नै नभएको त होइन । मेलम्ची योजना सुरु भएको तीन दशक बित्न लाग्यो । देखेर, चाहेर र इच्छाएकै भरमा पानी आउने भैदिएका भए योजना सुरु भएको पााच/छवर्षमा काठामाडौंले काकाकुलको स्थितिबाट मुक्ति पाउाथ्यो होला । उपत्यकामा मेलम्चीको पानी भित्र्याउनका लागि प्राविधिक क्षमता चाहिादो रहेछ । हाम्रो प्रावविधिक क्षमताले नभ्याएकै हुनाले ५ वर्षमा आउनुपर्ने पानी ३० वषर््ामा आउने भो । हो, सिाचाइको क्षेत्रमा पनि हाम्रो आफ्नो शक्ति सामथ्र्य उस्तै हो भन्ने कुरा विज्ञविद्वान् र स्वप्नद्रष्टा विकासप्रेमी नेताहरूले बुझेको देखिएन ।
हो, पहाडी भूभागमा यतिखेरसम्म असिञ्चित रहेका टारीटुक्राहरूमा पााच वर्षभित्र सिाचाइ सुविधा पुर्याउन सकिएला । किनकि पहाडमा ठूल्ठूला आयोजना निर्माणको आवश्यकता पनि पर्दैन र सम्भावना पनि रहादैन । साधनस्रोतको प्रचुरता पनि चाहिादैन, उच्च प्राविधिक क्षमता पनि नचाहिएला ! ससाना योजनाहरू सम्पन्न गर्न लामो समय खर्चन पर्दैन । तैपनि दक्ष श्रम र प्रविधि उपलब्ध छ छैन भन्ने कुरा निर्णायक बन्नेछ । पहाडका जमिन सिञ्चित हुनु जरुरी छ तर देशको समस्या समाधान त्यसले मात्र गर्दैन । नेपालको खेतीयोग्य जमिनको ठूलो अंश मधेश हो । तराईमा ससाना योजनाबाट अपेक्षित सिाचाइ हुादैन । ठूला योजनाहरू सम्पन्न गर्न साधन, स्रोत र प्रविधि उपलब्ध भए पनि पााच वर्षको समय पर्याप्त हुादैन । आर्थिक कार्यक्रम निर्माता समूहको नेतृत्व गरेका गौतमले आफ्नै तीतो अनुभवको स्मरण गर्न भुलेजस्तो छ । उनकै अग्रसरतामा बबई सिाचाई आयोजना सुरु भएको थियो । २१/२२ वर्ष बितिसक्दा पनि योजना सम्पन्न भएको छैन । सिंगो तराईको बञ्जरभूमि सिञ्चित गराउनका लागि बबईजस्ता तीन दर्जनभन्दा बढी योजनाहरू सम्पन्न गर्नुपर्ने हुन्छ । अनि पााचै वर्षमा देशभरकै असिञ्चित भूमिमा सिाचाइको व्यवस्था गरिसक्ने कार्यक्रम बनाउनुको अर्थ काम गर्नका लागि हो भनेर कसरी पत्याउने ? विषयको ज्ञान नभएका नेताले त जानेन्, जतिसक्दो चााडो योजना समपन्न गर्न पाए देश खाद्यान्नमा आत्मनिर्भर हुादो भन्ने सदासय राखेहोलान् ! विज्ञ विद्वान् भनेर सामेल गराइएकाहरूमा विषयको ज्ञान हुनुपर्दैन ? पानस घोटेर निस्कने आलादिनको भूतले रातारात बडे बडे सिाचाइं योजनाहरू सम्पन्न गरिदिने त होइन होला ?!
पढेलेखेका तर उमेरले तन्नेरीवयका मेरा केही आफन्तजनहरूले यतिखेर आफूलाई रवीन्द्र मिश्रका कट्टर समर्थक भन्न रुचाउाछन् । देश, समाज र व्यवहार नबुझेका आलाकााचा तन्नेरीहरूकै अन्धसमर्थनका कारणबाट विवेकशील साझा नामको पार्टीले देशको छैटौं नम्बर पार्टीको स्थान प्राप्त गरेको पनि छ । हो, विवेशील पार्टीका नेताहरूले आफूलाई भ्रष्टाचारबाट मुक्त राख्ने सार्वजनिक वाचा गरेको छन् । त्यो सकारात्मक कुरा हो । पुगिसरी आउने आर्थिक हैसियत आर्जन गरिसकेका हुनाले नबिटोलिएलान् भनेर पत्याउन पनि पर्यो । तर देश र समाजलाई समृद्धिको शिखर चुमाउन आफू मात्र शुद्ध भएर पुग्दैन । समाजलाई पनि आफ्नो पछि डोर्याउन सक्नुपर्छ । देशको आवश्यकता र सामथ्र्यको ज्ञान हुनुपर्छ । ती दुई कुराको संयोगविना मुलुक समृद्धिको शिखर चढ्दैन । आफू सुध्रिनु सजिलो होला, अरुलाई सुुधार्नु कठिन कार्य हो । गौतम बुद्धले हजारौ लाखौं चेला बनाए होलान् तर सबैलाई गौतम बुद्ध बनाउन नसकेको मात्रै होइन, दोस्रो बुद्ध जन्माउन पनि सकेनन् । अर्थात् बुद्धजस्तो त आफू एकजना मात्रै रहे । थप एउटा अर्को बुद्ध पच्चीस सय वर्षमा पनि जन्मेन । नेपालको सन्दर्भमा आफू सुध्रिएर उदाहरण प्रस्तुत गर्न सकिएला तर अरुलाई आफ्नो बाटोमा हिाडाउन कठिन छ । रवीन्द्र मिश्र जस्तै सम्पन्न, उदार, इमानदार र केही गरौं भन्ने जोश जाागर भएका मानिसहरू ठूला राजनीतिक दलहरूभित्र छादै छैनन् भन्ने होइन । उनीभन्दा असल, इमानदार, र योग्य व्यक्तिहरू पनि छन् होला । तर व्यक्तिविशेष असल हुादैमा सिंगो संगठन असल भैहाल्दैन । देशलाई प्रगतिपथमा डोर्याउन एउटा दुईवटा नेताहरूको आदर्श पर्याप्त हुादैन । देशलाई प्रगतिउन्मुख बनाउने योजनाले हो, कार्यक्रमले हो । समस्या राजनीतिक दलहरूमा मात्र रहेको हो भन्ने ठम्याई आफैमा गलत हो । बेथिति र बेइमानी सिंगो समाजमा व्याप्त छ । त्यसैले एकादुई व्यक्ति स्वच्छ र इमानदार हुादैमा सिंगो समाज एकैसाथ असल भैहाल्दैन । यसपटक नयाा प्रधानमन्त्रीले आफू सुध्रने होइन, अरुलाई सुध्रन अर्ती उपदेश गरेका छन् । कामप्रति इमानदार हुन निर्देशन गरेका छन् । देश र जनताप्रति जिम्मेवार हुन उत्प्रेरित गर्ने प्रयत्न गरेका छन् । तर उनको उपदेश बुद्धको शील प्रार्थना जस्तो मात्रै हो । शील प्रार्थनामा सामेल हुादैमा सबै शीलवान् भैहाल्दैनन् । राज्यसाग कुनै नयाा योजना छैन । देशको भौतिक प्रगतिको त कुरै छोडौं प्रशासनयन्त्रलाई बदल्ने योजना पनि छैन । नयाा सन्दर्भमा पुरानो प्रशासनयन्त्रलाई कसरी र कुन हदसम्म परिवर्तन हुनुपर्ने भनेर निश्चित आधार दिन सकेका भए नेकीवधी गर्न सजिलो हुन्थ्यो । सुध्रियो कि सुधेन भनेर अनुगमन गर्न सकिन्थ्यो । उपदेशकै भरमा सबै महात्मा बन्ने भैदिएका भए संसारबाट बेथिति, अनाचार र भ्रष्टाचारको गन्ध उहिल्यै मेटिइसकेको हुन्थ्यो ।
(- जनधारणा साप्ताहिक)
















