दलहरुद्वारा पाकिस्तानमा पुनः निर्वाचन गर्न माग

158

काठमाडौं । चुनावि हार व्यहोरेसँगै पाकिस्तानका १ दर्जन भन्दा बढि दलहरुले चुनावि परिणाम प्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

चुनावको स्वच्छतामाथि प्रश्न उठाउँदै ती दलहरूले परिणाम अस्वीकार गर्ने जनाएका हुन् । असन्तुष्ट ती दलहरुले पुनः निर्वाचनको मागसमेत गरेका छन् ।

परिणामप्रति असन्तुष्टि जनाउने दलहरुको सूचीमा यसअघिको सत्तारुढ दल पीएमएल–एन पनि रहेको छ । उसले यसअघि आफू प्रतिपक्षमा बस्न तयार रहेको जनकारी दिएको भएपनि अन्य दलसँगै आन्दोलनमा उत्रिने चेतवनि दिएको छ ।

बीबीसीका अनुसार जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ साबज शरिफले पार्टीले अहिलेसम्म बहिस्कार गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिइनसकेको जनाएका छन् ।

पाकिस्तानको बुधबार सम्पन्न निर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ११५ स्थानमा जित हासिल गर्दै ठूलो दल बनेको छ । पीएमएल–एन दोस्रो र सिबिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी तेस्रो भएको छ । उनीहरुले क्रमशः ६४ र ४३ सिट हात पारेका छन् ।

बहुमतको सरकार गठनका लागि १ सय ३७ सीट आवश्यक पर्छ । इमरानको पार्टीलाई २२ सिट अपुग भएकाले उनले अब गठबन्धन सरकार गठनका लागि अन्य दलहरुसँग हात अघि बढाउनुपर्ने बाध्यता छ ।

तर परिणामप्रति असन्तुष्ट दलहरुले पुनः निर्वाचनको माग गर्दै पूरा नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here