दुर्गा र गगनलाई कारबाहीको माग गर्दै आन्दोलनको घोषणा

240

नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । विद्यार्थी युनियनले आज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै छ ।

१७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम राखेको युनियनले १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने साहले जानकारी दिए । प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले आन्दोलनका कार्यक्रम घोषणा गरिएको युनियन अध्यक्ष राजु साहले जानकारी दिए ।

दुवैको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला उसले आगामी दिनमा पनि यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न कडा कानूनी व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here