चोरेर भाग्ने क्रममा लडेर मृत्यु

338

लम्जुङ/ कोहोला सोथार गाउँपालिका–९ छापा बस्ने मरिचमान गुरुङको घर पसलबाट चोरी गरी भाग्ने क्रममा मृत्यु भएको छ । अंदाजी २० वर्षीय पुरुषको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त व्यक्तिको नाम थर एंव घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

उनी समेतका ४ जनाले गएराति गुरुङको घर पसलबाट पैसा राख्ने बाकस चोरी गरी भाग्ने क्रममा मध्यनेपाल नगरपालिका–८ करापु भिरबाट लडेर अंदाजी ३ सय मिटर तल पुग्दा उनको मृत्यु भएको थियो । अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here