लोसपार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ

200

बुटवल । पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ खबर प्राप्त भएकाे छ ।

अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको जानकारी प्राप्त भयाे । ठाकुरमा निमोनिया र अक्सिजन लेभल कम देखिएको डा. सिद्धार्थ पाण्डेले खुलासा गरे ।

अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौं रेफर गरिएको हो ।  ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला नेता महेन्द्र गुप्ताले जनाए । अध्यक्ष ठाकुर मुटुको बिरामी रहेकाले नियमित उपचार गराइरहेका छन् । नेता ठाकुर मंगलबार नवलपरासी आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here