मोरङ : सुनबर्षी नगरपालिका-६ झप्पडतालस्थित रंगेली-आमवाडी सडक खण्डमा मे.६प ६६९४ र मे.३प ९३१० नम्बरको मोटरसाइकल सोमबार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै मोटरसाइकलका चालक घाइते भएकोले उपचारको लागि सिद्धार्थ अस्पताल रंगेली पठाइएकोमा मे.६प ६६९४ नम्बरको चालक रतुवामाई नगरपालिका-२ बस्ने ५५ वर्षीय जगदिश साहको उपचारको क्रममा मृत्यु भएको छ । अर्को मोटरसाइकल चालक सुनबर्षी नगरपालिका-६ बस्ने ४५ वर्षीय रुपनारायण ताजपुरियालाई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएको छ ।
अर्घाखाँची : सन्धिखर्क नगरपालिका-४ स्थित सन्धिखर्क-वाङला भित्री सडक खण्डमा सोमबार लु.१ ज १७७० नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा जिप चालक सोही ठाउँ बस्ने ३६ वर्षीय सन्तोष भुसाल गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
सिरहा : नरहा गाउँपालिका-५ बलुवा चोकमा स.६ प ९०८४ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीया देवकी देवी यादवलाई सोमबार ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकल हुँदै थप उपचारको लागि घोपा अस्पताल धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा : कन्काई नगरपालिका-१ दुर्गापुरस्थित ना.१ झ ५८६ नम्बरको गाडीमा सोमबार मे.८ प १२२३ नम्बरको स्कुटी ठोकिई दुर्घटना हुँदा स्कुटी चालक बुद्धशान्ती गाउँपालिका-२ बस्ने २७ वर्षीय पंकज कोइराला गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















