संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशी संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न परिषदको बैठक बुधबार बस्दैछ । परिषदले वरिष्ठता र योग्यताका आधारमा नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने छ । हाल सर्वाेच्च अदालतको प्रधानन्यायाधीशका लागि वरिष्ठताका आधारमा ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा दाबेदार मानिएका छन् । तथापि दुवै न्यायाधीशपनि विभिन्न मुद्दामा विवादमा तानिँदै आएका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेने संवैधानिक परिषदले बुधबार नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना रहेको छ । परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा मा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने प्रावधान छ।

















