भक्तपुर/ पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अपहरणकारीहरुको परिवारले मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै घटनाको सत्य तथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।
प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो ।


















