कर सिवीरमा १ सय ६६ व्यवसायि थपिए

204

दाङ/ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कर सिवीर सकिएको छ । सिविर वुधवार वाट सुरु भए र शुक्रवार सकिएको हो । सिवीरमा १ सय ६६ वटा नया व्यवसाय दर्ता भएका छन् ।

यसरी नया दर्ता भएका मध्ये विगतका समयमा भन्दा यस वर्ष महिला व्यवासायिहरुको सङख्या वढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । त्यसैगरेर पशुपालन सम्वन्धी दर्ता गर्ने हरु वढेको भुसालको भनाइ रहेको छ । सिवीरमा ४ सय ४२ जनाले सेवा लिएका छन् भने २ सय ७६ जनाले नविकरण गराएका छन् ।

सिवीरमा आन्तरीक राजस्व कार्यालय, घोराही उप महानगरपालिका कार्यालय तथा दाङ उद्योग वाणिज्य संघ वाट प्रदान गरीने सेवा प्रदान गरीएको थियो । सिवीरमा नया व्यवसाय दर्ता, आन्तरीक राजस्व कार्यालयमा वुझाउने राजस्व, व्यवसाय नविकरण, पान नम्वर ल्याउने सुविधा दिएको थियो ।

व्यवसायिहरु लाई सहजताको लागि कर सिवीर आयोजना गरीएको उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए । व्यसायिहरुको सहजताका लागि ३ निकायको सहकार्यमा सिवीर सञ्चालन गरीएको कार्कीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here