सिङ्गारिदै दाङका कृष्ण मन्दिरहरु

302

शरद रेग्मी
दाङ/ आईतबार परेको श्रीकृष्ण जर्माष्टमिलाई थप आकर्षण बनाउन दाङका कृष्णमन्दिरहरु झकिझकाउ वनाईएको छ । मन्दिर परिसरहरुको सरसफाइ र मुर्तिहरुसमेत चिटिक्क पारेर सजाउने काम भइरहेकोे छ ।

दाङको धारपानि,अम्बिकेश्वरि,सितलपुर ,दुधेनाको कृष्णमन्दिर ,तुलसिपुरको कालिका मन्दिरहरुमा सजावटको कामहरु सकिएका छन ।

यता तुलसिपुरउपमहानगरपालिका ८ स्थित कृष्ण मन्दिरमा श्री कृष्ण जर्मास्टमिको तयारीका पूरा भएको छ ।भोलि आईतबार बिहानैदेखि पुजा अर्चना तथा दिउसो नाचगान र आरतिको समेत आयोजना गरिएको छ ।हामिले दर्शनार्थी हरुको चापलाई मध्येनजर गर्दै छुट्टाछुट्टै लाईनको व्यवस्था मिलाएकाछौ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले भन्नुभयो ।

गतसाल अत्यधिक भिड रहेको थियो यसबर्ष झन सङ्ख्या बृद्धिहुने अनुमान गरेर सबैलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र युवाहरु लाई समेत परिचालन गरेर ब्यबस्थित गराउने प्रयास समेत भएको अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । यसअघि आईतबार परेको जर्माष्टमिको दिनलाई मध्ये नजर गर्दै चौतारा र मन्दिर परिसरमा सरसफाइ समेत सरसफाइ गरिएको छ ।

कृष्णजर्माष्टमिका अवसरमा बेलुवामा बर्षाैदेखि भव्य मेला तथा सास्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने गरिन्छ । पर्वलाई थप आकर्षण बनाउन आयोजकले आईतबार लाखेनाचको समेत व्यवस्था गरिएको छ । यस्तै बिच मन्दिर ब्यबस्थापन समितिले भोलिको कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ । यता तुलसिपुर स्थित ब्राह्मकुमारी ईश्वरीय बिश्व विद्यालयमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here