दुर्लभ वन्यजन्तु कस्तुरीको बिना सहित दुई व्यक्ति पक्राउ

874

काठमाडौं/  काठमाडौं महानगरपालिका-२० भिमसेन स्थानका किसान ठकुरी र ललितपुर धापाखेल बस्ने सिन्धुपाल्चोक टेच्कु गाउँपालिका-५ का श्याम गुरुङलाई ५ थान दुर्लभ बन्यजन्तु कस्तुरीको बिना सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२७ ज्याठामा कस्तुरीको बिना कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त बस्तु सहित किसान र श्यामलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here