गृह मन्त्रालयले सबैभन्दा ठूलो पदक नेपाल रत्न पुष्पलाललाई मरणोपरान्त प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ ।
महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । यही मानपदबी संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि पाएका छन् ।
सुप्रसिद्ध प्रवल जनसेवाश्री पाउनेमा हालै प्रधानन्यायाधीशमा नियुक्त ओमप्रकाश मिश्र छन् । यो पदक मिश्रलाई मात्र प्रदान दिइएको छ ।
उज्ज्वल कृतिमय राष्ट्रदीप पाउनेमा इतिहासकार तथा समाजशास्त्री डा.बालकृष्ण पोखरेल मोरङ बाट हुन् भने संस्कृतिविद् जगमान गुरुङ मादी गाउँपालिका, याङ्जाकोट कास्कीका हुन् ।
युवा क्रिकेटर सन्दीप लामिछाने प्रवल जनसेवाश्री (चतु्र्थ श्रेणी) बाट विभूषित हुने भएका छन् साथै सन्दीप समेत गरेर सबैभन्दा बढी १६२ जना विभूषित हुने भएका छन्।
राष्ट्रपतिले शीतलनिवासमा एक समारोह आयोजना गरेर विभूषणका लागि छनोट भएकाहरुलाई विभूषित गर्ने गृह मन्त्रालयले जनाएको छ ।



















