काठमाडौं/ युरोपको ग्रीसमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पार्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ घर भई हाल टोखा महादेवटार हाईट बस्ने बर्ष ३७ को विर बहादुर अदैलाई शनिबार पक्राउ गरिएको हो ।
१२ लाख रकम लिई नेपालबाट टर्की पुर्याई कुनै काम नदिलाई ४५ दिनसम्म राखेर अनेक शारीरिक तथा मानसिक यातना दिएको आरोपमा अदैलाई पक्राउ गरिएको हो ।