प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खान देखिएका छन् । यस्तै, नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा हुन् । भारत र व्रिटेनविच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ ।
नोभेम्बर ८ मा रिलिज हुन लागेको यो चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् ।
















