चीनसँगको संयुक्त सैन्य अभ्यास सम्पन्न

76

काठमाडौँ, १३ असोज । उत्तरी छिमेकी मुलुक चीनसँग असोज २ देखि सुरु भएको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । चीनको सिचुवान प्रान्तको चेङ्दुमा नेपाली सेना र चिनियाँ सेनाको विशेष फौजबीच सञ्चालन भएको सगरमाथा फ्रेण्डसिप २०१८ संयुक्त तालीम असोज ११ गते सम्पन्न भएको हो । तालीमको समापन समारोह कार्यक्रममा संयुक्तरुपमा विशेष फौजसम्बन्धी विभिन्न कला कौशलको समेत प्रदर्शन गरिएको थियो । तालीम सम्पन्न गरी नेपाली सैनिक टोली शुक्रबार स्वदेश फर्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here